विराटनगर / मोरङ जिल्ला कारागारमा थप ३५ जना कैदीबन्दीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार ३९ जना कैदीको पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ जना पुगेको छ।अत्याधिक ज्वरोका कारण गत बिहीबार कैदी नीरबहादुर नेपालको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परीक्षण सुरु गरेको थियो ।
शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजेटिभ रिपोर्ट आएको थियो। कारागार स्रोतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोसी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved