देउवाले बोलाए शीर्ष नेताको बैठक

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1352 पटक पढिएको
  • Mausam

देउवाले बोलाए शीर्ष नेताको बैठक

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बेलाएका छन् । सभापति देउवाले मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । 

 

केन्द्रीय कार्यसमितिले आगामी भदौ महिनाका लागि तय गरेको पार्टीको महासमितिको बैठकको तयारीका लागि छलफल गर्न उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बताइएको छ । सभापति देउवाका सहगोगी भानु देउवाले मुलुकको वर्तमान राजनीतिक अवस्था र महासमिति बैठकको तयारीका बारेमा छलफल गर्न मंगलबार दिउँसो ३  बजे शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिए । 

 

उनका अनुसार शीर्ष नेताहरुको बैठकमा पार्टीको विधान संशोधन र संसदमा कांग्रेसको भूमीकाका विषयमा समेत छलफल हुनेछ । कांग्रेसमा महाधिवेशनपछि महासमितिको बैठकलाई महत्वका साथ हेरिन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले अप्रत्याशित पराजय बेहोरे पछि कांग्रेसमा महासमिति बैठक बोलाउनुपर्ने माग उठेको थियो ।कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, बद्री पाण्डेयलगायतका नेताहरुको दबावपछि चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको थियो । तर मिति र स्थान भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved