इटहरीकी अञ्जनाको मृत्यु, हत्याको आशंका गर्दै माइती पक्षद्वारा प्रहरीमा उजुरी

  • प्रकाशित मितिः श्रावण २९, २०७९
  • 543 पटक पढिएको
  • समय अनलाइन

इटहरीकी अञ्जनाको गर्भपतन गराएको तेस्रो दिनमा मृत्यु, हत्याको आशंका गर्दै माइती पक्षद्वारा प्रहरीमा उजुरी
धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ माइती भई इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा विवाह गरी आएकी मनिला बुढाथोकीको असामान्य मृत्यु भएको भन्दै माइती पक्षले न्यायको माग गरेका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीमा छानबिनको माग गर्दै माइती पक्षले उजुरी दिएपछि घटनालाई शङ्काको घेरामा राखिएको छ । मनिलाका दाजु नवराज थापाका अनुसार एक छोरीकी आमा भइसकेकी मनिलाले केही दिनअघि मात्र आफ्नो पेटमा भएको बच्चाको गर्भपतन गराएकी थिइन् । गर्भपतन इटहरीकै परिवार नियोजनमा गराइएको प्रारम्भिक जानकारी आएको र अत्यधिक पेट दुखेर रक्तश्राव भएपछि सफा गर्न भनेर ब’ढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्गमा लगिएकोमा हस्पिटलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर

मनिलाले यही साउन २३ गते इटहरीको परिवार नियोजनमा गर्भपतन गराएको र समस्या आएपछि साउन २६ गते विराट टिचिङ्ग हस्पिटल लगिएकोमा सोही दिन राति १०ः०० बजे उनको मृत्यु भएको बताइएको छ । ‘हामीलाई समयमा नै जानकारी भएन घटना भइसकेपछि अस्ति बिहान १ः०० बजे आउँदा बहिनीको मृत्यु भइसकेको रहेछ ।’मनिलाका दाजु नवराजले प्रदेश पोर्टललाई सुनाए । डाक्टरसँग आफूले लिएको जानकारी अनुसार मनिलालाई जण्डिस भएको, फोक्सो सुनिएको, पिसाब रोकिएको भएपनि पिसाब थैलीमा पिसाब भने नभएको पाइएको नवराज सुनाउँछन् । आफूले शवको प्रकृति हेर्दा मृत्यु नभई हत्याजस्तो देखिएको भन्दै नवराजले निष्पक्ष छानबिनको माग गरेका छन् ।
मनिलाले गर्भपतन गराएको सम्बन्धमा सासुलाई जानकारी भएता पनि श्रीमानलाई भने जानकारी नै नभएको अर्थात् सल्लाह नगरी गर्भपतन गराएको प्रारम्भिक जानकारी आफूलाई प्राप्त भएको इप्रका इटहरीका डीएसपी खड्काले बताए ।

मनिलाको माइती पक्ष उजुरी गर्न भनेर हिजो अर्थात् शुक्रबार आएको भएपनि आज जाहेरी दिन भनेको डीएसपी खड्काले बताए । मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको विषयमा सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीको भनाइ छ । यता माइती पक्षले भने गर्भपतन कुन डाक्टरले गराएको हो त्यो डाक्टरलाई समेत अनुसन्धानको घेरामा राखेर मात्रै पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved