काठमाडौं / अभिनेत्री श्वेता खड्का आमा बन्ने भउकी छन्। उनी अहिले ५ महिनाको गर्भवती भएको बताइएको छ। पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएकी उनी अहिले घरमै आराम गरिरहेको बताइएको छ।
चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेको बताइएको छ। २०७७ साल मंसिर २२ गते धनगढीका विजयन्द्रसिंह राउतसँग बिहे गरेकी उनको बिहेले खुबै चर्चा पाएको थियो। त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो।
श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन्। श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved