नेबि संघ सुकुनामा कार्यवाहक सभापति तोकेको विषयमा तिब्र असन्तुष्टि  (विज्ञप्तीसहित)

  • प्रकाशित मितिः भदौ ६, २०७९
  • 673 पटक पढिएको
  • Bijaya Ojha

मोरङ / नेबि संघ सुकुना बहुमुखी क्याम्पस ईकाइ समितिमा कार्यवहाक सभापति तोकिएको विषयलाई लिएर विवाद बढेको छ। गत स्थानिय तहको निर्वाचन सगै ईकाइ सभापतिको निष्कृयता रहेको र हालै निर्वतमान उपसभापति जीवन बस्नेतलाई कार्यवहाक सभापति तोकिएको पत्र आएपछि क्याम्पस कमिटी भित्र विवाद बढेको हो।

गत स्थानिय तहको निर्वाचन सगै ईकाइ सभापति विजय तोलाङगी बेलवारी नगर कार्यपालिका सदस्य निर्वाचित भए सगै क्याम्पसमा उनि निष्कृय थिए। हाल सभापति तोलाङ्गी माथि प्रहरीमा एक किशोरीले बलात्कार गरेको आरोप लगाइ उजुरी दर्ता गराएपछी तोलाङ्गी फरार छन्। सभापति फरार रहेको अवस्थाको फाइदा उठाउदैँ बस्नेतले फोटोसप गरि सभापतिको किर्ते सहि गरि पत्र आफै बनाएको आरोप बस्नेत माथि छ।

बस्नेत हालै सम्पन्न २०७९ को स्थानीय तह निर्वाचनमा पार्टिको क्रियाशिल सदस्य त्यागि स्वतन्त्र तर्फबाट नगर प्रमुखको उम्मेद्धवार बनि पराजित भएका थिए। सोमबार क्याम्पस कमिटिले एक विज्ञप्ती निकाल्दै कार्ववाहक सभापति बस्नेतलाई नस्विकार्ने जानकारी दिएको छ। बस्नेतलाई कारवाही गर्नुको साटो केहि नेताहरुले थप सम्मान स्वरुप कार्यवहाक सभापति बनाउन र सामाजिक संञ्जालमा शुभकामना दिई नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको निर्णयलाई नै धज्जी उडाएको क्याम्पस कमिटिद्धारा जारि विज्ञप्तीमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ती    :

 लोकतान्त्रीक बिद्यार्थीहरुको साझा आस्था र भरोसाको केन्दको रुपमा रहेको नेपालकै पुरानो लोकतान्त्रीक संगठन नेपाल बिद्यार्थी संघको सदस्य भई तमाम बिद्यार्थीहरुको समस्यामा कृयाशिल रहेको कुरा इतिहासमा छरलङ्ग लेखिएको छ। यस संगठन निर्माणमा आफ्नो ज्यानको आहुती दिनुहुने महान सहिदको रगतबाट सिन्चित हाम्रो गौरभशाली बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस स्थापना काल देखिनै बिद्यार्थीहरुका हक हित तथा क्याम्पसको शैक्षिक वातावरणलाई गुणस्तरीय निमार्ण गदै अघि बढिरहेको सहर्स जानकारी गराउदछौं  मिति २०७९/०५/०४ गते एकाएक सामाजिक संञ्जालमा मै हो सुकुना बहुमुखी क्याम्पसको कार्यवहाक सभापति भन्दै फोटोसप गरि केहि नेताहरुको नाम प्रस्तुत गरि प्रचार वाजि गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। विगत लामो समय देखि क्याम्पस सभापति ज्युको निष्कृयता र हाल भएको घटनाको फाईदा उठाई सभापति ज्युको किर्ते सहि गरि पत्र आफै बनाई गलत आ.वा. ०७९/०८० को दर्ता चलानी नं. १२७ र मिति २०७९/०२/१७ गतेको पत्र बनाई संगठनको धज्जी उडाउने कार्य जिवन बस्नेत ज्युले गरेको प्रति घोर आपत्ती व्यक्त गर्देछौं । साथै हालै सम्पन्न २०७९ को स्थानीय निर्वाचनमा नेपाली काङ्गेसको क्रियाशिल सदस्य रहदा रहदै र नेपाली काङ्गेसका आधिकारीक उम्मेद्धार हुदा हुदै स्वतन्त्र तर्फबाट नगर प्रमुखमा उम्मेद्धवारी दर्ता गरी चुनाब चिन्ह व्याटमिनटनको र्कक प्राप्त गरि निर्वाचनमा भाग लिएको व्यक्तिलाई नेपाली कांग्रेस केन्दिय कार्यसमितिले कारवाही गर्न विज्ञप्ति जारी गरिसकेको अबस्थामा अन्य उम्मेद्धावारलाई कारवाही गरि पार्टिको साधारण सदस्यबाट निस्कासन गरिरहेको अबस्थामा पनि निजलाई कारवाही गर्नुको साटो केहि नेताहरुले थप सम्मान स्वरुप कार्यवहाक सभापति बनाउन र सामाजिक संञ्जालमा शुभकामना दिई नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको निर्णयलाई नै धज्जी उडाएकोले नेपाली कांग्रेसका सम्बन्धित निकायहरुलाई गम्भिर भई सोच्न ध्यानाकर्षण गर्दछौं । अत यस प्रकारको घटनाको घोर भत्तसना गदै निजलाई कार्यवहाक सभापति नमान्ने ईकाइ समितिले बहुमतका साथ निर्णय गरेको हुदा यस घटनाबाट सृजित सम्पुर्ण समस्याहरु यस घटनामा संलग्न सम्पुर्ण नेतागण ज्युहरुले समाधान गरिदिनुपर्ने तथा नेपाली कांग्रेस केन्दिय कार्यसमितिको विज्ञप्तिलाई अवज्ञा गरेको कुरामा घोर आपत्ती जनाउदै कारवाहीको माग गर्दछौं । जय जेपाल नेपाल बिद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस ईकाइ समिति

बोधार्थ –

१. नेपाल बिद्यार्थी संघ केन्दिय कार्यसमिति

२. नेपाली कांग्रेस मोरङ जिल्ला कार्य समिति

३. नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ र ६

४. नेपाली कांग्रेस सुन्दरहरैचा नगर कार्यसमिति

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved