डाईरेक्ट सेलिङ्गका नाममा ठगि गर्दै एकेएम ग्रुप अफ कम्पनि

  • प्रकाशित मितिः भदौ १९, २०७९
  • 1504 पटक पढिएको
  • जीवन फुयाल

सुनसरी/ सुनसरीको इटहरीस्थित ट्यांग्रा खोला उत्तरमा रहेको एकेएम ग्रुप अफ कम्पनिले ठगि गर्दै आएको खुलेको छ। डाईरेक्ट सेलिङ्गको इजाजत नलिइकन कम्पनिले डाईरेक्ट सेलिङ्ग(नेटवर्किङ्ग बिजनेस) गर्दै आएको खुलेको हो।

कम्पनी रजिष्टारको कार्यालयमा कम्पनि दर्ता गरेर डाईरेक्ट सेलिङ्ग गर्दै सबैभन्दा धेरै बिक्रि गर्नेहरुलाई बिदेश भ्रमणमा लाने भन्दै बस्तुको मुल्य भन्दा कयौँ गुणा बढी मुल्यमा प्याकेजिङ्ग गरेर कम्पनिले नेटवर्किङ धन्दा गर्दै आएको पाईएको छ।

ट्यांग्रा खोला उत्तर एउटा घर भाडामा लिएर डिपार्टमेन्ट स्टोरको नाममा कम गुणस्तर र मापदण्ड नपुगेका सामाग्री काठमाडौँमा बनेको भन्दै बिराटनगरको एक इभरग्रिन हर्वल एण्ड कस्मेटिक सेन्टरमा प्याकेजिङ गरेर ल्याई नेपालभर सञ्जाल बनाएर कम्पनिले ठग्ने गरेको हो।

डाईरेक्ट सेलिङ्गका लागि रजिष्टर नै नगरि भाडाको घरलाई आफ्नै घर भनि घर घरमा मिनिस्कट लगाएका महिला कर्मचारीलाई खटाई कार्यक्रममा ल्याएर प्रशिक्षणका नाममा बन्द कोठामा थुनेर लाखौँ रकम हाल्न लगाएर पठाएको बुझिएको छ।

कम्पनीका सञ्चालक भनिने मदन लिम्बु र खेम ढकाल, अमृत श्रीवाल नामका दुई ब्यक्ति भने महंगो होटल र रेष्टुरेन्टमा बसेर महिलाहरुलाई फोन गर्दै आकर्षित गर्ने गरेको पाईएको छ।

यो कम्पनिले इटहरीमा ब्यवसाय दर्ता गर्दा आयात निर्यात, अनलाईन कष्मेटिक आईटम किनबेच गर्ने मात्र अनुमति लिएको छ। यस्तो अनुमति लिएपनि कम्पनिले चामल दाललगायतका घरायसी सामानका साथै चियो पेय पदार्थसमेत बिक्री वितरण गर्दै आएको छ।

कहिले ग्राहक त कहिले बिदेश लाने भन्दै अहिलेसम्म करिव तीन करोड भन्दा बढि रकम उठाईसकेको भएपनि दुई बर्ष बितिसक्दा पनि कुनै सुबिधा नपाएकोले वार्ड कार्यालयमा निवेदन दिने एकजना पिडितले वताएका छन्। यसरी डिपार्टमेन्ट स्टोरको नाममा ठगि गर्ने कम्पनीलाई अहिलेसम्म कुनपनि निकायले अनुगमन समेत नगरेको पाईएको छ।

यस बिषयमा बाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण बिभागका निर्देशक नन्देश्वर डंगोललाई प्रश्न गर्दा नेटवर्किङ्ग बिजनेसका लागि कुनैपनि मापदण्ड नभएकोले पछिल्लो समयमा दर्ता नै नहुने गरेको प्रष्टिकरण दिएका छन्।

डाईरेक्ट सेलिङ्गका लागि कम्पनि दर्ता भएपनि सेलिङ्गका लागि इजाजत भने नदिएको डंगोलले प्रष्ट्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved