नेपाल प्रेस युनियन सुनसरीद्धारा सञ्चारकर्मीलाई दुर्घटनावापतको रकम हस्तान्तरण

  • प्रकाशित मितिः भदौ २२, २०७९
  • 418 पटक पढिएको
  • Bijaya Ojha

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे। उनले भने,पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो।

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए। प्रेस युनियनको कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे। पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ। पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि देखिदैँन, पोखरेलले भने, पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्क बनाउनुपर्ने बाध्यता छ।

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको स्मरण गरे। दाहालले भने, हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, संगठन अपरिहार्य रहेछ, अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई पनि अनुभूति भयो। उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराए। कार्यक्रममा सम्बोधन गर्दै युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए।

हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ, अधिकारीले भने, एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएका थियौँ, अर्का एकजना सञ्चारकर्मी पनि दुर्घटनाा पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ। उनले कोरोनाकालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको स्मरण गरे।

दाहाल गत एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते भएका थिए। उनको बिल बापतको रकम एक साता अगाडि मात्रै युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले र सदस्य विवेक विवश रेग्मीले अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा डकुमेन्ट बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved