इटहरीमा हत्यामा संलग्न दुईजना सार्वजनिक, प्रहरी गरेयो

  • प्रकाशित मितिः आश्विन २४, २०७९
  • 485 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न दुईजनालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेशनल गल्लीमा खुकरी प्रहार गरी इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो ।

खुकुरी प्रहारबाट चौधरीको बायाँ हात छिनेको थियो । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।घटना भएको २४ घण्टा नबित्दै हामीले खुकुरी प्रहार गर्ने रामकुमार भुजेल र सहयोगी बेदप्रकाश मण्डललाई पक्राउ गरेका हौँ,’ एसपी ढकालले भने, ‘घटना भएको जानकारी पाएको एक मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो, पुरानो रिसईबीले अचानक खुकुरी प्रहार भएको देखिन्छ, घटनाबारे हामी अझै अनुसन्धानकै क्रममा छौँ ।’

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहर

पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको र यसअघि पनि पारिवारिक झडप भएको खुलेको छ ।

‘यसअघि पनि उनीहरूबीच घरायसी विवाद भएकाले वडाध्यक्षसहित गाउँघरमै छलफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकालले भने, ‘मृतक चौधरी सफारी चालक र खुकुरी प्रहार गर्ने भुजेल अटो रिक्सा चालक रहेको पाइएको छ ।’

घटनापछि सफारी चालकहरूले प्रहरीको शान्ति सुरक्षामाथि प्रश्नचिह्न उठेको भन्दै आन्दोलन समेत गरेपछि दुवैजना (मृतक र पक्राउ परेका भुजेल) सफारी चालकै रहेको साथै घरायसी विवाद भएको एसपी ढकालले बताए ।

‘सिटी सफारी चालकप्रति असुरक्षा भन्ने विषयवस्तु नै होइन, चालक नै यसमा संलग्न भएको र पारिवारिक सँगै दुवैजनाको रिसईबी भएकाले उहाँहरूबीच नै जोडिएको घटना हो,’ उनले भने, ‘एकजना व्यक्तिले मार्ने नियतले हातै छिनाउनु यो गम्भीर जघन्य अपराध हो, यसमा गहिरो र गम्भीर अनुसन्धान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved