सांसद भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने डाक्टर सुनिल शर्माको घोषणा

  • प्रकाशित मितिः कार्तिक २३, २०७९
  • 386 पटक पढिएको
  • जीवन फुयाल

संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।
निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन ।
भ्रष्ट्राचार गर्नु वा घुस खानु आप्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन । यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो ।
शर्माले भने "कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु "।
"यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो , अब सर्वभौम जनताले कसलाइ सांसद बनाउने फैसला गर्नुपर्छ" शर्माले भने । आज देशले भगिरहेका अधिकांस समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्र राजनीतिक नेतृत्वलाइ पराजित गर्न पनि शर्माले सवैलाइ आग्रह गरे ।
यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सवैभन्दा ठुला न्यायधिस भएकाले अब जनताले भष्ट्रहरुलाइ चोट दिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।
संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले यतिवेला चुनावी घरदैलो र कोणसभा अभियानलाइ तिव्र पारेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved