नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा सरकारले जारी गरेको निषेधाज्ञा तोडेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पाैडेलको नेतृत्वमा निषेधाज्ञा तोडिएको हो ।
प्रदर्शनकारीले ओली तिम्रो पाराले दुःख पाए साराले, निषेधाज्ञा मान्दैनौं, नागरिक स्वतन्त्रता कुण्ठित नगर आदि नारा लगाएका थिए । निषेधाज्ञा तोडेको केही समयमै प्रहरीले हस्तक्षेप गरेको छ ।
हालैमात्र सरकारले विरोध प्रदर्शनका लागि निश्चित स्थानहरु तोकेर तीबाहेक अन्य स्थानमा प्रदर्शन गर्न नपाइने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved