सुनिल थापालाई मतदान गर्नुपर्ने कारणहरु

  • प्रकाशित मितिः कार्तिक २७, २०७९
  • 982 पटक पढिएको
  • समय अनलाइन

धनकुटा/ धनकुटाका लागि चिर परिचत नाम हो सुनिल थापा । धनकुटाबासीले गर्वका साथ नाम लिने पात्र सूर्यबहादुर थापाको छोरा हुन् सुनिल थापा। मानिस पदमा हुँदा मात्र यो गरेँ र त्यो गरेँ भन्छन् तर सुनिल थापा आँफु पद अनि पावरमा नहुँदा पनि धनकुटाका लागि प्रशस्त काम गर्ने मान्छे हुन्।

जापान सरकारको अनुदानमा थापाले १ करोड रुपैँया बराबरको अक्सिजन जडान गराएका छन्। यस्तै थापाले भारत सरकारको सहयोगमा धनकुटाको छिन्ताङमा एम्बुलेन्स हस्तान्तरण गराएका छन्।

कोरोना महामारीको बेला थापाले ८ लाख रुपैँया बराबरको सामान हेलिकोप्टरबाट धनकुटामा ल्याएर वितरण गरेका छन्। यस्तै हिमालयन बैंकको सहयोगमा धनकुटामा पहिलो पटक आँखाको शल्यक्रिया गर्ने मेसिन हस्तान्तरण गराएर यहि नै आँखाको सफल सल्यक्रिया हुने गरेको छ।

बाढी एवं आगलागीबाट पिडित भएका नगरपालिकाहरुमा थापाले भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न वितरण गरेका छन्। धनकुटामा उपचार हुन नसकि काठमाडौंमा उपचार गर्न पुगेकाहरुलाई सहयोग गर्ने गरेका छन्।

खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्न उपहार वितरणको सुरुवात गरेका छन्। सहिदभूमी गाउँपालिकामा युवाहरुको सिप र विकासको लागि कम्प्युटर र इन्टरनेटको ब्यवस्था गरेका छन्।

यसरी पद अनि पावरमा नहुँदा पनि धनकुटा अनि धनकुटेको लागि काम गर्ने भएका कारण सुनिल थापालाई मतदान गरेर बिजय गराउनुपर्ने वाम लोकतान्त्रिक गठबन्धनमा आवद्दहरुले बताएका छन्।

सुनिलका बिषयमा २०७०सालमा सूर्यबहादुर थापाले पाख्रिबासमा भनेका थिए “आदरणीय प्यारा धनकुटावासी सम्पूर्ण दाजुभाइ–दिदी बहिनीहरु, मैले मेरो सम्पूर्ण राजनीतिक जीवन मेरो सुपुत्र, मेरो रगत, धनकुटावासीको आसा र भरोसाको योग्य पात्र सुनिलबहादुर थापालाई सुम्पेको छु। सुनिल धनकुटाको छोरो हो, हामी धनकुटाका सुपुत्र हौँ। सुनिल तपाईको भाइ हो, भतिजा हो, काका हो । सब थोक हो । सुनिल तपाईहरुमा समर्पित छ। तपाईहरुको सुख दुखमा अब सुनिल हुनेछ”।

यसरी धनकुटालाई गर्व गर्न लायक बनाउने सूर्यबहादुर थापाले आफ्नो बिरासत सुम्पिएका कारण पनि सुनिल थापालाई जिताउनुपर्ने वाम लोकतान्त्रिक गठबन्धनको दायित्व रहेको स्थानीय कांगेस जनको धारणा छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved