विराटचौक, ३० कात्तिक । प्रतिनिधि सभाको निर्वाचनआउन ४ दिन मात्र बाँकी हुँदा मोरङ ३ बाट राप्रपा उमेदवार रेखा थापाको वडाबाट उनका ५ सय कार्यकर्ता सहित राप्रपाका प्रभावशाली नेता अम्विकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
मोरङ ३ बाट प्रतिनिधि सभामा उमेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो । घर वरिपरिका ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का लागेको छ । सलकपुरमा आज भएको चुनावी सभामा नेपाली कांग्रेसका उमेदवार डाक्टर सुनीलकुमार शर्माले केन्द्रिय नेता अम्बिकाप्रसाद अधिकारि र उर्मिला अधिकारी लगायतका कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराए ।
डाक्टर शर्माले कार्यक्रममा बोल्दै अभिनेत्री थापा शिसाको पर्दामा अब्बल भए पनि राजनीतिमा खहरे खोला जस्तै भएको बताए । उनले भने 'चुनाब लड्न एजेन्डा चाहिन्छ, हामी ५ वर्ष अघि हारेर पनि लाखौं गरिव दुखीको निशुल्क उपचार गरेर मतदाताका वरिपरि रह्यौं । हजारौंलाई निशुल्क पढायौं । कोराना कालमा नथाकिकन काम गर्यौं । तर, पनि ठाउँ ठाउँमा हामी माथि प्रश्न उठाएका छन् । तर, यहाँ राज्यकोषबाट करोडौं कुम्ल्याउनेहरू, एकदुई दिन गाउँ घुमेर नमस्कार गरेकै भरमा चुनाब जित्छौं भनेर हिडिरहेका छन् । उनले अब कांग्रेसको जित कसैले रोक्न नसक्ने ठोकुवा गरे ।'
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved