रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल जिल्ला बाग्लुङ कुश्मीसेरा- ०९ घर भई रुपन्देही साविक रुद्रपुर-०८ हालको कञ्चन गाँउपालिका वडा नं ३ बस्ने वर्ष ५१ को शेर बहादुर के.सीलाई खोजतलास गर्दै जाने क्रममा सालझण्डी प्रहरीले मिति २०७९/०८/०७ गते रुद्रपुरबाट फैसलाको १३ वर्षपछी पक्राउ गरेको हो । बिशेष अदालतको २०६६ सालको फैसला पक्राउ परेका शेरबहादुर के.सीले लेखापालको रुपमा वहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब समेत आफूले निकाली अपचलन गरेको हुनाले उनलाई भ्रष्टाचार गरेको ठहरी १ वर्ष ६ महिना कैद र रू. ५,८०,८८१/८६ (पाँच लाख असि हजार आठ सय एकासी रुपैया छयासी पैसा बिगो र बिगो बमोजिम जरिवाना सजाँय तोकिई विगत १३ वर्षदेखी फरार रहेका शेर बहादुर के.सी लाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका शेरबहादुर केसीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागी अदालतको आदेशअनुसार कारागार चलान भएको प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved