सुविधा सम्पन्न अस्पताल इटहरी मेयर हेमकर्ण पौडेल भन्छन जनताको समस्या मेरो समस्या हो सेवा दिनछु

  • प्रकाशित मितिः पुष २, २०७९
  • 464 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।अस्पताले वितेको पाँच बर्षमा इटहरीमा सबै भन्दा धेरै चर्चा र खोजी भएको विषय हो,सुविधा सम्पन्न अस्पताल । दुई ठुला शहरको वीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य, भन्दै अस्पताल बनाउन सबैको माग थियो ।

यो पाँच बर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो । तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिती पनि बन्यो । तर न जग्गा भेटियो, न त अस्पताल बन्यो ।बरु तत्कालिन मेयरले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद भयो ।

राजनितिक दलहरुले आ आफ्नो घोषणा पत्रमा २ सय बेडको अस्पताल बनाउने भनेर घोषणा गरे । तर कसैले काम गरेनन् ।
घोषणा गरेको काम नभए पछि सांसद हराएको सुचना भन्दै व्यङग्य गर्दै सामाजिक सञ्जालमा आलोचना भयो । सांसदहरु निशब्द भए । लाजले मुख लुकाएर भाग्नुपर्ने अवस्था आयो ।

सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले काम गर्ने शैलीमा परिवर्तन गरेको छ । ठुला कुरा होईन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेका छौ इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन । दिनमा एक पटक अनिवार्य अस्पताल पुग्ने मेयर पौडेल इटहरी अस्पतालमा ब्यापक सुधार भएको बताउँछन ।

इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ । १ बर्ष अघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ ।

रेफर हैन अब उपचार हुन्छ

                अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भईरहेको छ । डाईलासिस सञ्चालन गर्नका लागि आवश्यक डाक्टर सहितका दक्ष जनशक्ति व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका , रोटरी क्लब र वी.पी स्वास्थ्य विज्ञान प्रतिष्ठान वीच त्रिपक्षीय एम ओ.यु गर्ने तयारी भईरहेको रोटरी क्लबका सचिव चेतन धमलाले जानकारी दिए ।

मेसिन जडानसँगै वी.पी प्रष्ठिानसँग एम. ओ यु भएपछि सञ्चालन हुने सचिव धमलाले जानकारी दिए ।इटहरी अस्पतालको अर्को ठुलो समस्या हो, औषधी अभाव । नेपाल सरकारले ७० प्रकारका आषौधीहरु निःशुल्क उपलब्ध गराउने गरेको छ ।

तर यी औषधीहरु प्रयाप्त नहुँदा इटहरी अस्पतालमा उपचार गर्न आएका विरामीले चेकजाँच गरे पनि औषधी खरिद गर्न बाहिर नीजि औषधी पसलमा जानुपर्ने बाध्यता थियो । औषधीको अभाव हटाउन इटहरी उपमहानगरले अहिले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रकृया सुरु गरेको छ ।

औषधी खरिदका लागि बजेट विनियोजन भई टेण्डर पनि आह्वान भएर स्विकृत भएको भईसकेको छ । अब चाँडै नै इटहरी अस्पतालमा प्रयाप्त औषधीहरु उपलब्ध हुने अस्पतालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved