इटहरी । अंग्रेजी नयां बर्ष २०२३ लाइ स्वागत गर्दै आंउदै गरेको प्रेम दिवस लाइ लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिन नेपालि संगित क्षेत्र का चर्चित,लोकप्रिय ,तथा नेपालि पप गित का किङ र नायक भनि चिनिने गायक नबिन के भट्टराइ आफ्नै अतृप्त-नबिन के भट्टराइ ब्यान्ड संगै झापाको अर्जुन्धारा स्थित लंका रिसोर्ट मा माघ ९ गते आउने भएका छन् ।
लंका छहारी रिसोर्ट द्वारा आयोजना गरिएको उक्त सांगितिक सांझ मा झापा को लोकल ब्यान्ड र नर्तिका सुस्मिता कार्कीले उद्घाटन अभिनय गर्नेछन । ओसियना एजुकेसन एन्ड भिसा सर्भिस द्वारा समर्थित सांगितिक सांझ को मुख्य प्रायोजक टुबोर्ग बियर, टिकट साझेदार भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिस र मिडिया पाट्नर पूर्वी हटलाइन दैनिक र नेपालरेखा डटकम रहेका छन भनि लंका रिसोर्ट कि व्यवसाय विकास व्यवस्थापक सोनु पुडासैनि ले बताउनु भयो।
अतृप्त- नबिन के भट्टराइ ब्यान्ड द्वारा प्रस्तुत गरिने सांगीतिक सांझको सम्झौता रिसोर्ट का संचालक गोपाल पोख्रेल र ब्यान्ड का क्षेत्रीय संयोजक निर्मल दाहाल बिच भएको थियो ।
कार्यक्रममा टिकट तिन भाग ले बिभाजन गरिएको छ,प्रारम्भिक चरण साधरण प्रबेश टिकट रु ५९९(स्थायी टिकट), भिआइपि टिकट रु १५०० जस्मा २ ओटा ५५० एम एल को टुबोर्ग बियर नि: शुल्क संगै प्रबेश र गेट सेल गरि तोकिएको छ तर गेट सेल को टिकट भने सोहि दिन तोकिने निर्णय व्यवसाय विकास व्यवस्थापक, रिसोर्ट पर्यवेक्षक र कर्मचारी हरु संग को बैठक मा भएको र टिकट अनलाइन को लागि र टेबल रिजर्भेसन को लागि (९७७)९८६२३९९४१५,९८४४४९६२२८ मा सम्पर्क गरि आरक्षित र खरिद गर्न सकिने भनि रिसोर्ट का संचालक पोख्रेल ले बताए।
कार्यक्रममा विशिष्ट ब्यक्तित्व र्यापर बुलेट फ्लो, एन आर एन ए सिड्नी युवा संयोजक तथा अस्ट्रेलियाका कुशल ब्यावसायी इन्जिनियर बिक्रम दाहाल, क्यापेला क्लिनिङ सर्भिसेस अस्ट्रेलिया का ब्यवसायि प्रताप सम्सेर राना,नव ज्योति पुनःस्थापन केन्द्र बिराटनगर का संचालक तथा समाजसेवी सुशील रिजाल, युथफोर्स प्रदेश-१ प्रमुख,समाजसेवी तथा ग्लोबल सप्लायर्स नामक चर्चित ब्यवसाय का संचालक राजन बानिया, भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिस नेपाल का प्रबन्ध निर्देशक युस्टल दाहाल लगायत अन्य ब्यावसायी, राजनीतिकर्मी, मोडल तथा कलाकार र पत्रकारहरु लाइ सांगितिक सांझ को शोभा बढाउन तथा भब्य रुप मा सफल बनाउन पत्र मार्फत भिआइपी निमन्त्रणा गरिएको र पत्र मार्फत निमन्त्रणा गरिएको ब्यक्तिलाई स्टेजमा बोलाइ सम्मान गर्ने कार्यक्रम तय गरिएको संचालक गोपाल पोख्रेल ले जानकारी दिनु भयो ।
गायक नबिन के भट्टराइ (एन के बि) को एकदमै क्रेज र फ्यान फलोअर्सहरु भएकाले मास अत्याधिक हुने संभावना देखिएकोले कुनै पनि झैझगडा, बाधा अबरोध हुन नदिन सुरक्षा व्यवस्था कडा बनाउन बाउनसर र सुरक्षागार्ड परिचालन गरिने छ ।
रिसोर्टमा करिब ५०० मानिस अट्ने छन र उक्त सांझ को टिकट दमक, बिर्तामोड, कांकरभिट्टा, उर्लाबारी, इटहरी जस्ता सहर हरु मा पनि उपलब्ध रहेको जानकारी संचालक ले दिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved