सुन्दरहरैँचा / योगदान राष्ट्रको लागि सुन्दरहरैँचा शाखाले सुन्दरहरैँचा १० का कुशल लिम्बुलाई सामग्री साथै उपचारमा सहयोग गरेको छ। योगदान राष्ट्रको लागि सुन्दरहरैँचा अध्यक्ष रविन फुयल नेतृत्वको टोलीले विभिन्न रोगबाट ग्रस्त भएका लिम्बुलाई हुईल चेयर सहयोग गरेको हो।
सो संस्थाले लिम्बुलाई उपचारको लागि नोबेल मेडिकल कलेज बिराटनगर लगेको छ। आर्थिक अभावका कारण विभिन्न रोगहरु दुबै खुट्टा नचल्ने, शरिरमा खटिरा, आँखामा समस्या जस्ता रोगबाट ग्रस्त हुँदा समेत उपचार गर्न नसकेर थला परेका लिम्बुलाई आवश्यक सामग्री र उपचारले निक्कै राहत पुगेको छ।
“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुलनारा रहेको उक्त सस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। कोभिड १९ संक्रमणको कहरमा होस् यात समाजमा अन्य जुनसुकै समस्या पर्दा समेत सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी तरिकाले कार्य गर्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष फुयलको भनाई छ। उक्त सामग्री वितरण कार्यक्रमा योगदान राष्ट्रको लागि मोरङ जिल्ला सचिव भोजराज रिजालको समेत उपस्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved