व्यापारी हुँ, व्यापार बुझ्छु, समस्या देख्छु, समाधानका विचार बोक्छु, गायत्री कटुवाल

  • प्रकाशित मितिः माघ २६, २०७९
  • 495 पटक पढिएको
  • जीवन फुयाल

सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वार्ड नं. ६ मा पिता मेहरमान कटुवाल र माता रेखामाया कटुवालको कोखबाट २०३२ सालमा जन्मनु भएकी गायत्री कटुला भण्डारी जनता क्याम्पस इटहरीबाट आईए सम्मको अध्ययन गर्नु भएको छ । इटहरी लेडि जेसीजको मानार्थ सदस्य, नेपाल रेडक्रस सोसाईटी उपशाखा इटहरीको आजिवन सदस्य, लायन्सक्लव अफ इटहरीको निवर्तमान अध्यक्ष, रेडिमेड व्यवासायी संघ इटहरीको संस्थापक अध्यक्ष, नेपाल भारत मैत्री संघ मोरंग कार्यसमिति सदस्य, उद्योग वाणिज्य संघ इटहरीको वर्तमान कोषाध्यक्ष, विगतमा २ कार्यकाल कार्यसमिति सदस्य रहनु भएको छ । अष्ट्रेलिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवई, चाइना जस्ता देशहरु र नेपालका विभिन्न शहरहरुको भ्रमण गर्नु भएको छ । गोपाल भण्डारीसंग २०४७ सालमा बैबाहिक सम्बन्ध गाँस्नु भएकी कटुवालका एक छोरा एक छोरी सन्ततीका रुपमा रहेकाछन् । व्यवसायीक घरानामा जन्मीएकी कटुवाल शुरुमा गायत्री भेराईटी स्टोर संचालन गरेर सो व्यापारलाई रुपान्तरण गर्दै हाल इटहरी उपमहानगरपालिका वार्ड नं. ६ इटहरी चौकमा जी फोर कलेक्सन संचालन गर्दै आउनु भएको छ । हँसिलो अनुहार, मिठो बोली, बचन, अनुशासित र मिलनसार स्वभाव र सहयोगी भावनाकी कटुवालसंग यस पूर्वी हटलाइन दैनिकका प्रतिनिधि जनक पाण्डेले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
माघ २८ गते हुन गई रहेको इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन र के का लागि ?
→म व्यापारी हूँ, व्यापार बुभ्छु, समाधान देख्छु, समाधानका विचार बोक्छु । त्यसैले मैले उम्मेदवारी दिएकी हुँ । इटहरीका उद्योगी व्यवासायीहरुको जल्दा बल्दा समस्याहरु के कस्ता देख्नु भएको छ ? तपाईले समस्याको समाधान कसरी गर्ने सोच बनाउनु भएको छ ?
- जो व्यवसायीहरु आन्तरिक राजस्व कार्यालयमा पान नं. लिएर उवासंघमा दर्ता भएका छन् ती व्यवसायी आज फुटपाथमा व्यापार गर्दै हुनुहुन्छ । त्यस्ता व्यवासयीलाई सटरमा व्यवसाय गर्ने व्यवस्था मिलाउने छु । जो व्यवसायीले आफ्नो खेतबारी विक्रि गरेर व्यवसाय गर्नु आउनु भएको छ ठूलो ऋण कर्जा लिएर व्यवसाय गरि रहनु भएको छ । तर
व्यवसायीक तालिमको अभावमा सफल व्यवसायी हुन सक्नु भएको छैन वाहाहरुकालागि सफल व्यवसायी बन्न आवश्यक व्यवसायीक तालिम दिलाउने मेरो लक्ष रहेको छ । इटहरीमा पार्किङको समस्याले व्यापार व्यवसायमा ठूलो असर पुऱ्याएको छ । इटहरी उपमहानगरपालिका, ट्रफिक प्रहरी कार्यालय र अन्य सम्बधित निकाय संग पहल गरेर पार्किङको व्यवस्था चाँडो भन्दा चाँडो पार्किङको व्यवस्था मिलाउने छु । व्यवसायीहरुको कारोवारमा आन्तरिक राजस्व, राजस्व अनुसन्धान आदी निकायले गर्ने गरेका अनुगमनमा उवासंघलाई जानकारी गराई उवासंघको प्रतिनिधिसहितको अनुगमन गर्ने व्यवस्था मिलाउनेछु । कोठा भित्र संचालन भएका साना उद्योगीका उत्पादनहरुलाई अन्तराष्ट्रिय स्तरसम्म पुऱ्याउन समन्वय गर्ने छु । व्यवसायीलाई
राष्ट्रिय,
गायत्री भण्डारी
(उवा संघ इटहरी अध्यक्ष पदका उम्मेदवार)
परेको समस्यामा जुनसुकै बेला उपस्थित भएर वाहाहरुको हितका लागि अहम भुमिका खेल्ने छु । विभिन्न व्यवसायीक तालिम संचालन गर्ने छु । आशा र विस्वास छ व्यवसायीहरुले मलाई इटहरी उवासंघको अध्यक्ष पदमा विजयी बनाउनु हुने छ । इटहरी उद्योग वाणिज्य संघको भवन उपयोगमा ल्याउन नसकेको भन्ने व्यापारीहरुका गुनासाहरुलाई तपाईले कसरी लिनु भएको छ ?
इटहरी उवासंघको भवनलाई व्यवसायीक सम्पूर्ण वस्तुगत अन्तरगतका व्यवसायीक संगलनहरुलाई निशुल्क रुपमा कार्यालय स्थापना गर्ने गरी उपलब्ध गराउने व्यवस्था मिलाउने छु । उवासंघको सदस्य लिएर निरन्तर रुपमा रिन्यू गरि रहेका
छु
व्यापारीहरुलाई अभिलेख हेरेर ३५ वर्ष पुगेका व्यवासायीलाई आजीवन सदस्य घोषण गर्ने व्यवस्था मिलाउने छु । अक्षयकोष स्थापना गरी व्यवसायीहरुलाई पर्न गएको भवितव्य घट्नालाई कार्यसमितिबाट निर्णय गराई उचित क्षति पुर्तिको व्यवस्था मिलाउने छु । उवासंघको आर्थिक बजेट पारदर्सी बनाउने साथै बजेटलाई व्यवसायीहरुको हक हितको निमित्त उपयोग गर्ने व्यवस्था मिलाउने छु । उद्योगी व्यापारीहरुलाई व्यापार व्यवसाय संग सम्बन्धित सूचना तत्काल उपलब्ध गराउन उद्योग वाणीज्य संघमा सचिवालयको व्यवस्थापन गर्ने छ । उवासंघद्वारा गरिएका गति विधिहरु व्यवसायीहरु माझमा विभिन्न संचार माध्यम र सामाजिक संजालबाट छर्लङ्ग पार्ने

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved