उद्योग वाणिज्य संघ, इटहरी निर्वाचन २०७९ हाम्रो नेतृत्व, हाम्रै नीति व्यवसायीहरूको आर्थिक उन्नति रञ्जु सिग्देल

  • प्रकाशित मितिः माघ २६, २०७९
  • 518 पटक पढिएको
  • जीवन फुयाल

 इटहरी /सुनसरी जिल्लाको साविक सिंगिया गाविस हाल परिवर्तित रामधुनी नगरपालिका निवासी चुडामणी सिग्देल र कमला सिग्देलको कोषबाट २०३९ सालमा जन्मनु भएकी रन्जु सिग्देल जनता बहुमुखि क्याम्पस इटहरीबाट एम.एड. सम्मको अध्ययन गर्नु भएको छ । रोटरी क्लव अफ इटहरी सदस्य, लायन्सक्लव अफ इटहरी संस्थापक अध्यक्ष, नेरेसो उपशाखा तरहरा आजिवन सदस्य , नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरी महासचिव, नेपाल उद्योगी व्यवासायी महासंघ केन्द्रिय सदस्य, इटहरी उद्योग वाणिज्य संघ एक कार्यकाल कार्यसमिति सदस्य लगायतका जिम्मेवारीहरु समाली सक्नु भएको छ । नेपालका विभिन्न शहरहरु भ्रमण गर्नु भएकी सिग्देल मिजासिलो, हसिलो, मिलनसार र सहयोगी भावनाको हुनु हुन्छ । २०६१सालमा डिल्ली राम चौलागाई संग बैबाहिक बन्धनमा गाँसीनु भएकी सिग्देलको सन्ततिका रुपमा १छोरा १छोरी छन् । २०७९ साल माघ २८ गते शनिवार हुने इटहरी उवासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएकी सिग्देल संग पूर्वीहटलाईन दैनिकका प्रतिनिधि जनक पाण्डेले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रश्तुत गरिएको छ ।
उद्योग वाणिज्य संघमा तँपाईको उम्मेदवारी किन ?
    इटहरी उद्योग वाणिज्य संघ लाई व्यवसायीहरुको अभिभावक बनाउनका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हँु ।
इटहरीका उद्योगी व्यापारीहरुका के कस्ता समस्याहरु देख्नु भएको छ ?                                      व्यापारीहरुका जल्दा बल्दा समस्या भनेको बैंकको बढ्दो व्याजदरले गर्दा व्यापारीहरुको जग्गा कौडीको भाउमा लिलाम भएर सडकछाप हुनु पर्ने अवस्था छ । घरबहाल सम्बन्धि स्पष्ट कार्य नीति नभएको , बजार व्यवस्थापन राम्रो नभएको, पार्किङको समस्या, उवासंघबाट पाउने सूचना व्यवसायी समक्ष नपु¥याइएको लगायतका समस्याहरु रहेकाछन् ।
इहटरी उद्योग वाणिज्य संघमा तत्काल गर्नु पर्ने कामहरु के के होलान् ?
इटहरीका व्यवसायीहरुमा व्यवसायीक तालिमको दक्षता नभएको ,होल सेल र खुद्रा व्यापारीहरु विच समस्या जस्तो होलसेल वालाहरुले खुद्रा विक्रि गरेको भन्ने खुद्रा व्यापारीहरुको आरोप रहेको छ ।व्यवसायीहरुको दायरा बढाउने करको दर (शुल्क) घटाउने, पार्किङको लागि स्थानिय संग सहकार्य गरि समस्या समाधान गर्ने ।
उद्योग वाणिज्य संघको भवन उपयोगमा ल्याउन नसकेको भन्ने व्यापारीहरुको गुनासाहरु सुन्नमा आएका छन् नी ?
उद्योग वाणिज्य संघको भवनलाई आम्दानीका रुपमा प्रयोग गर्न सकिन्छ । हाल भवन उपयोग विहिन भएको छ । बजारको आवस्यकतालाई हेरेर भवनलाई उपयोगमा ल्याएर आम्दानीको दरविलो श्रोत बनाउन सकिन्छ जस्तो पार्टीप्यालेसका रुपमा संचालन गर्न सकिन्छ ।
तँपाईले निर्वाचन जित्ने आधारहरु के के छन् ?
हिसाव किताव क्लीयर भएन भन्ने गुनासाहरु इटहरी उद्योग वाणिज्य संघको साधारणसभामा कुरा उठेको छ । मैले निर्वाचन जितेको खण्डमा हाम्रो कार्यकालमा आम्दानी खर्चका हिसावहरु ठीक दुरुस्त अवस्थामा राखी पारदर्सी ढंगले साधारणसभामा राखिने छ । घुम्ति शौचालय मर्मतमा करिव ४० लाख खर्च भएको देखाइएको छ तर हाल ती घुम्ती शौचालय कहाँ छन् थाहा छैन । उवासंघले व्यवसायीहरुको हक हितमा काम गर्ने हो नगरपालिको गर्ने काम उवासंघलाई किन गर्नु परेको हो व्यसायीहरुले अध्यक्षमाथी प्रश्न उठाएकाछन् । उवासंघमा राहत कोषको स्थापना गरिएको छ व्यवसायीहरु संग राहतकोष शीर्षकमा पैसा उठाइन्छ उक्त राहतकोषको रकम व्यापारीहरुलाई समस्या पर्दा कुनै घट्ना घटछ्दा उपलब्ध गराउनु पर्नेमा राहतकोषको रकम गैर व्यापारीहरुमा खर्च गर्ने गरिएको छ । म अध्यक्ष पदमा निर्वाचित भएँ भने सो राहतकोषलाई व्यापारीहरुको हितमा लाउने छु ।
तँपाईका मुख्य एजेण्डाहरु के कस्ता छन् ?
म उद्योग वाणिज्य संघको अध्यक्ष भएँ हाम्रो टिमले बैंक व्याजदर,व्यापारीहरुको सम्मान, रोजगार बैंकको स्थापना, व्यवसायीक डाटा निर्माण, व्यवसायीक सुरक्षा, औधोगिक ग्राम स्थापना, पार्किङ व्यवस्थापन, व्यवसायीक हितको रकमलाई नियमन गर्ने , व्यापार प्रवर्धन तथा संचारमा सहजता ल्याउने, युवा स्वरोगार कार्यक्रम , महिला उद्यमशिलतामा ध्यान दिइने, प्रदर्शनी तथा मेलाको व्यवसथापन,राहत तथा पुनस्थापन, घरबहाल सम्झौता आदी व्यापारीहरुका जल्दा वल्दा समस्याहरुमा काम गर्नेछौं ।
तपाई विभिन्न पदमा रहेर आज सम्म सामाजिक क्षेत्रमा के कस्ता कामहरु गर्नु भएको छ ?                  ,फकोरोनाको समयमा लायन्स क्लवमा रहँदा इटहरीका दिनदुखीहरुलाई खाद्यान्न वितरण , २० वटै वडामा जुत्ता बनाउने, माला बनाउने, सिलाई कटाई आदी सिपमुलक तालिमहरु संचालन गरिएको । सिर्जनसिल उद्यमी मेला इटहरीमा २०७६ देखि निरन्तर संचालन गर्दै आएको ,रोजगार मेला २०७५मा संचालन गरिएको, २०७५मा प्रदेश स्तरीय (१४ वटै जिल्लाका) महिला उद्यमीहरुको प्रदर्शन मेला इटहरी उवासंघको हलमा संचालन गरिएको । इटहरीका व्यवसायी महिलाहरुलाई देशका विभिन्न कार्यक्रमहरुमा सहभागि गराईएको लगायतका कामहरु गरेकी छु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved