इटहरी / इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिनेहरु व्यापारीको समस्या सुल्झाउने व्यापारीलाई परेको मार्कामा मलहम लाउने उद्देश्यले भित्री हृदयबाटै व्यापारीहरुको सेवा गर्न पाए हुन्थ्यो भनेर हुटहुटी भएका उम्मेदवार पाइएन । अध्यक्षको सबै भन्दा कान्छो उम्मेदवारको दावी गर्ने रन्जु सिग्देल (चौलागाई)ले समावेशी टिम बनाएको बताउनु भएको छ । समावेशी टिम बनाउनु वाहाँको दायित्व हो यो कुन ठूलो कुरा हो । समावेशी टिम बनाउदै गर्दा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा, रास्वपा कुनै दलमा आबद्ध नभएका व्यापारीहरु पनि इटहरीमा छन् तिनीहरुलाई किन समेट्न सकिएन । उद्योग वाणिज्य संघको निर्वाचनमा जब सम्म कुनै दलको टिकट पाएर निर्वाचन जित्ने परिपाटीको अन्त्य हुँदैन तवसम्म जो सुकैले जिते पनि व्यापारहरुको पिर मार्का बुझ्ने काम हुँदैन । दलको टिकट लिएर निर्वाचन जितेकाहरुले दलका नेताले लाए अराएको काम गर्छन् । व्यापारीको समस्या बुझ्दैनन् तिनै नेताका गलत क्रियाकलापले व्यापारीहरुलाई मार्का परेको हुन्छ, विभिन्न राजनीतिक दलका बलियाहरुले व्यापारीलाई सताएको हुन्छन् । उवासंघका अध्यक्ष लगायत टिम चुं बोल्न सक्दैनन् घोडालाई किन लगाम लाइन्छ भन्दा जथाभावी नहिडोस्, आफुले चाहेको बाटोमा हिडोस् राजनीतिक दलले उम्मेदवारीमा दिने टिकट पनि त्यही हो भोलिका दिनमा कतै कार्यकर्ता. दलको ट्र्याकभन्दा बाहिर जालाकी भनेर माथिबाट टिकट दिने गरिन्छ दलको समर्थनमा उठेका उम्मेदवारले केही काम गर्न सक्नेवाला छैनन् भन्ने आम व्यापारीहरुको बुझाई छ । र पनि इटहरी उद्योग वाणिज्य संघमा
एउटा स्वतन्त्र व्यक्ति जो वास्तवमा नै उद्योगी व्यापारीहरुको समस्यालाई आफ्नो समस्या सम्झेर रातो दिन निस्वार्थ लागी पर्दछन् ।
विगतलाई हेर्दा केही अध्यक्षहरुले साना व्यापारीको वेवास्ता ठूला व्यापारीहरुको करछली, भन्सार छली आदिमा पक्राउ परे पछि भित्र भित्रै मिलाउनमा सघाउ गरेको भन्ने व्यापारीहरुको बुझाई रहेको छ ।
समाचार विश्लेषण
आखिर पदमा पुगे पछि दलको निर्देशनमा ठूला व्यापारीहरुको सेवा गर्ने रहेछन् साना व्यापारीहरुको समस्या मार्का जस्ताको तस्तै उवासंघमा सदस्य हुनु र भोट दिनुको अर्थ के ?
अध्यक्ष पदका उम्मेदवार गायत्री कटुवाल (भण्डारी) आफुलाई व्यापारिक घरानामा जन्मिएको र नेपाली कांग्रेसको आधिकारीक उम्मेदवारको दावी गरि रहुनु भएको छ । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सभापति तथा इटहरीका मेयर हेमकर्ण पौडेलले प्रेस विज्ञप्ती निकालेरै गायत्री कटुवाल आधिकारिक उम्मेदवार हो भनिएको छ । कटुवाललाई इटहरी केही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उवासंघ केन्द्रीय सदस्य रोहित प्रसाईको समर्थन रहेको छ । व्यापारिक घरानामा जन्मेको भन्दैमा इटहरीका व्यवसायीले आँखा चिम्लेर भोट दिनु पर्ने । व्यापारिक घराना भएर के भयो त व्यापारिक घरानाकी छोरी भनेर व्यापारीहरुले भोट दिएर यस अघि २ पटक जिताएर ठाउँमा पुयाएकै हुन् । तँपाई उवासंघको निर्वाचन जितेर कोषाध्यक्ष पदसम्म समाल्नु भयो तर पहुँच नपुग्ने, कुनै पनि दलको सदस्यता नलिएको, साना व्यापारीहरुका लागी कटुवालले के काम गर्नु भयो त ? व्यापारीहरुले कटुवालाई जिताएकै हो । तर
व्यापारीहरुले सेवा पाउने समयमा हाता लाग्यो सुन्य भयो । व्यापारीहरुको हितमा केही त काम गर्नु पर्यो यो काम गर्न खोजेको थिएँ यस कारणले भएन । मैले मिटीङमा यो यो कुरा उठाएको थिएँ तर मेरो कुरा सुनुवाई भएन भन्नु सक्नु पथ्यो । अर्थात राम्रो गर्न सुझाएकोमा काम गर्न नपाए पछि नोटअफ डिसेन्ट लेख्न सक्नु पर्ने थियो । निर्वाचनमा जितेर पद • ओगट्ने सानमान, रवाफ देखाउने त्यत्ती हो ।
इहटरीमा जन्मेका इटहरीकै माटोमा हुर्केका अर्का अध्यक्ष पदका उम्मेदवार जीवन पराजुली काँग्रेसको बाघी उम्मेदवार हुनु हुन्छ । पराजुलीलाई इटहरी उवासंघका पूर्व अध्यक्ष तथा प्रदेशका संयोजकको जिम्मेवारी सम्हाली सक्नु भएका टंक दुलालको साथ समर्थन रहेको छ । पराजुलीले काँग्रेको बाघी उम्मेदवार बनेर अन्य साना-साना दलहरुसंग आबद्ध व्यापारीहरुलाई समेटेर मजबुद टिम बनाएको दावी गर्नु भएको छ । पराजुली होटल व्यवासायी संघको नेतृत्व गरिसक्नु भएको छ वाहाले पनि आजसम्म नेतृत्वले निर्वाह गर्नु पर्ने भुमिका निर्वाह गर्न सक्नु भएको छैन राजनीतिक दलले टिकट नदिएको आवेगमा वाहाँ उम्मेदवार बन्नु भएको छ । भोलिका दिनमा निर्वाचन जित हात पारे पछि वाहालाई कांग्रेसले आफ्नो कब्जामा लिन्छ नै वाहाँ स्वतन्त्र ढंगले काम गर्न सक्ने क्षमताको होइन पार्टीकै आसेपासे भएर रम्न चाहने व्यक्ति हुनु हुन्छ । वाहाले निर्वाचन जित्नु भए पनि इटहरीका व्यापारीहरुका लागि कागलाई बेल पाक्यो हर्ष न
।
विस्मत भनेकै हो। युवा उम्मेदवार हो तर व्यापारीहरुका लागि केही गर्ने हुटहुटी वाहामा देखिएन । सिग्देल, कटुवाल, पराजुली निर्वाचन जितेर आफ्नो प्रोफाइल बनाउने अर्थात माथि पुग्ने खुड्किलो मात्र बनाउने योजना हो । तिनै जना उम्मेदवार भोली अर्को पदको दावेदार बन्ने अर्थात स्थानीय तह, प्रदेश तथा संघिय संसदको उम्मेदवारका लागि। प्रोफाइल बनाउने दाउपेच बाहेक अरु केही होइन । यस अघि त्यही। परिपाटी देखिएकोले इटहरीका व्यापारीहरुमा भोट हाल्नै पर्ने बाध्यता छ तर यही उम्मेदवारले जित्नु पर्छ यो उम्मेदवारले जितेको खण्डमा व्यापारीको आवाज सुनवाई। हुन्छ भन्ने उत्साह इटहरीका व्यापारीहरुमा रहेको पाइदैन ।
मणिन्द्र कटुवाल अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ वाहा पनि काँग्रेसको लेबुल हो। मणिन्द्र कटुवाल विगतमा होटल व्यवसायी संघ, उवासंघमा रहेर पद समाल्नु भएको जहिले पनि पदमा बसी रहने वनी पर्नु भएकाले वाहाले उवासंघको अध्यक्ष जित्न पाए त फेरी २ ३ वर्ष पदमा बस्न पाइने थियो भने अभिलाशा रहेको वहाको भित्री इच्छा हो । वाहा पनि काँग्रेको वाघी उम्मेदवार हुनु हुन्छ वाहाले निर्वाचन जितेको खण्डमा वाहा पनि कांग्रेसकै निर्देशनमा चल्ने व्यक्तित्व हुनुहुन्छ ।
वाहाँहरुले
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved