एक्स्पोको लागी आवश्यक सम्पूर्ण भौतिक संरचनाहरू तयारी भइरहेको एक्पो संयोजक गोपाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सॅाझ सम्म १२३ मध्ये हालसम्म ११५ वटा स्टल बुकिङ भइसकेको छ । साथै दैनिक २० जना सशस्त्र प्रहरी बल,१० जना नेपाल प्रहरी,२० जना निजी सेक्युरिटी गार्डले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएको सङ्घले जनाएको छ । महोत्सवमा सुरक्षाका लागि सिसिटिभी जडान गरिएको आयोजकको भनाई छ । ३० हजार बढिले दैनिक अवलोकन गर्छन् भने एक्स्पो अवधिमा १० करोडको कारोबार हुने लक्ष्य रहेकाले र यस अवधिमा बजार पनि चलायमान हुनाले महोत्सवमा खरिद बिक्री हुनाले धरानको सुस्ताएको व्यापार पुनः जाग्ने आयोजकको भनाई छ ।
एक्स्पोमा नेपालका उत्पादनहरूको मात्र नभै भारत, बङ्गलादेश र पाकिस्तानबाट पनि स्टल राखिने सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । यस्तै, पहिला पटक धरानमा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टल राखिनेछ । डोम भित्र ७० वटा स्टल हुनेछ भने बाहिर थप ७० वटा स्टल हुनेछ । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी नहुने भएकोले सुरक्षित हुने अध्यक्ष श्रेष्ठले बताए ।
एक्सोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । यो एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवर्द्धन गर्न आयोजना गरिएको पनि उनले बताए । एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रिय स्तरको कलाकारहरूको प्रस्तुति रहने भएकोले बेलुकी भने १ बजेदेखि टिकट (शुल्क) ५० रहने छ भने ४ बजेदेखि टिकट १ सय रुपैयाँ लाग्ने पनि आयोजकले जनाएको छ ।
एक्स्पोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरलगायतका जिल्लाहरूबाट मानिसहरू अवलोकन तथा व्यापार गर्न आउने पनि उनको भनाई छ । साथै उनठले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाउने पनि अपेक्षा गरिएको बताए ।
सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरू पनि आयोजना हुनेछ । बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने उनले बताए । उक्त गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ । गोष्ठीमा सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यापार, व्यवसाय कसरी अघि बढाउने भनेर प्रशिक्षण दिइने पनि उनले बताए । यस्तै, धरानका होटेल, ट्याम्पो, बस व्यवसायीहरूलाई समेत समेटेर पर्यटन गोष्ठी पनि गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त गोष्ठीमा प्रदेशभरिबाट पर्यटन व्यवसायीहरूलाई निमन्त्रणा गरेर धरानलाई पर्यटनको हब कसरी बनाउने भनेर छलफल गरिनेछ । यस्तै, धरानको खानेपानी समस्या र समाधानबारे पनि गोष्ठी गर्ने अध्यक्ष श्रेष्ठले बताए ।भोलि सॅाझ गायक समीर श्रेष्ठको प्रस्तुति रहने छ ।
पानमारा ,चतरा, वराहक्षेत्र र अरुण पेट्रोल पम्ममा निःशुल्क धरान एक्पो आउने गाडी पाइने आयोजकको भनाई छ । भोलि महोत्सवमा रक्तदान कार्यक्रम साथै स्वास्थ्य शिविर समेत हुनेछ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved