धरान एक्स्पो प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन

  • प्रकाशित मितिः फाल्गुन १२, २०७९
  • 360 पटक पढिएको
  • समय अनलाइन

धरान एक्स्पो २०७९ सुरु भएको छ । फागुन २० गते सम्म दश दिन चल्ने एक्स्पोको एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।
समारोहमा मुख्यमन्त्री कार्कीले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए । मुलुकले आयात प्रतिस्थापन गर्न नसक्दा व्यापार घाटा बढेर अर्थतन्त्र खतराको विन्दुमा पुगेको उल्लेख गर्दै उनले भने ‘निर्यात प्रवर्द्धन गर्दै आयात घटाएर मात्र समाजवादको यात्रा तय गर्न सकिन्छ ।’
उनले कच्चापदार्थ आयातमा चर्को राजस्वको कारण नेपाली उद्योग हतोत्साहित भएको अवस्थामा नेपाली कच्चापदार्थको बजारीकरण गरी स्वदेशी उत्पादन बढाउन आग्रह गरे । विदेशी बस्तुको आयतलाई शून्य अवस्थामा झारेर स्वदेशी उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिने नत्र श्रीलङ्काको हाल हुने उनको भनाई थियो ।
अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रलाई अगाडी बढाउन सङ्घीय सरकारलाई आग्रह गर्दै उनले भने ‘बैङ्कको चर्को व्याजदरको मारमा परेका उद्योग व्यवसायीको गुनासो सम्बोधन गराउन सङ्घीय सरकार सँग लबिङ गर्नेछु ।’
धरान बनाउन प्रदेश सरकारको भूमिका अहम् रहने प्रतिबद्धता प्रकट गर्दै मुख्यमन्त्री कार्कीले खानेपानी र सुकुम्वासी समस्या समाधान गर्न धरान उपमहानगरपालिकालाई सहकार्यको पहल गर्न आग्रह गरे । उनले भने ‘प्रदेश र सङ्घीय सरकारबाट तमोर वा कोसीबाट पानी ल्याउन धरान उपमहानगरपालिकाको साझेदारीमा कार्य गर्न सकिन्छ ।’ उनले धरानको अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्न सहयोग र साझेदारीमा कार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।
        ओरालो लागेको अर्थतन्त्रलाई भाषणले मात्र थाम्न नसक्ने बताउँदै उनले भने ‘अर्थतन्त्र बलियो बनाउन नीति निर्माण मजबुत बन्न जरुरी छ ।’ 
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ग्लोबल भिलेजको अभ्यासले आफ्नो मात्र होइन अरूतर्फ पनि हेर्नुपर्ने अवस्था रहेको सन्दर्भमा धरान एक्स्पोको आयोजना स्वागत योग्य रहेको बताए ।
समारोहमा प्रदेश सभा सांसद रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, सपना परियार, ममता योञ्जन, उपमेयर आइन्द्र विक्रम बेघा, इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत उपस्थित थिए । 
धरान एक्सपो उद्घाटन अघि जातीय सघ संस्था, सहकारीहरू, उद्योग व्यवसायी, बुद्धिजीवी सहित सरोकारवाला निकायहरू सहभागी र रहेका  सहितको र्‍याली प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved