धरान रंगशालामा बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औँ संस्करण शनिवारदेखी शुरु हुने

  • प्रकाशित मितिः फाल्गुन १२, २०७९
  • 434 पटक पढिएको
  • समय अनलाइन

इटहरी / बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको २३ औँ संस्करण शनिवार देखी सुरु हुँदैछ। धरान रंगशालमा उद्घाटन समारोह लगायत खेलका लागि सबै तयारी पुरा भएको आज शुक्रवार 'ग्राउण्ड जिरो'मै पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ। 
 
२३ औँ संस्करणको उद्घाटन समारोह यसपालि आकर्षक हुने बताउँदै उनले भने ‘यसपालि बेलायती राजदूतावासको सहयोगमा ब्रिटिस गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले रङ्गशालामा बिशेष प्रस्तुति दिएर भव्यता प्रदान गर्नेछ ।’ बेलायती राजकीय समारोहहरूमा प्रस्तुति हुने व्याग पाइपर बाजाको व्रिगेण्ड ब्यान्ड प्रतिष्ठित सरकारी ब्यान्ड हो।
 
उद्घाटन समारोहका प्रमुख अतिथि यसपालि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ रहने छन्। मेयर साम्पाङले धरानलाई खेलकुदको सहर बनाउन उपमहानगरपालिकाले उदार नीति अवलम्बन गरेकोले त्यसको सम्मानका लागि मेयर सम्पाङलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको हो।
 
प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र युके एफसि भारतबिच हुनेछ । यसपालि गोल्डकपमा आयोजक धरान फुटबल क्लब, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ सहित ८ टिम बिच प्रतिस्पर्धा हुनेछ ।
 
गोल्डकपको गेट टिकट दर पुरानै राखिएको छ । फुटबलप्रेमी सर्वसाधारण लाई प्रतियोगिता हेर्न सहज होस भनी टिकट दर बढाइएको छैन। उद्घाटनको अवसर देखी क्वाटर फाइनल सम्म टिकट दर १ सय राखिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ निर्धारण गरिएको उनले बताए । 
 
गोल्डकपमा यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएको छ । उक्त एप्स मार्फत अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने क्लबले जनाएको छ । गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 
उत्कृष्ट खेलाडीले नगद १ लाख र  प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मीड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ ।  प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिए ।
 
आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार यसपालि ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिका फुटबल हेर्न आएका निःशुल्क प्रवेश दिइने छ । बुढासुब्बा फुटबलमा नेपाल प्रहरीको ठुलो योगदान रहेकाले धरान स्थित प्रहरी विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved