सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र न २क प्रदेश कार्यसमितिको आज बसेको बैठकद्वारा विभिन्न ५ वटा प्रस्ताव माथी छलफल गर्दै सर्वसम्मत पारित गरेको छ। बैठकले सह-सचिब निरा भण्डारीलाइ सचिबको जिम्मेवारी दिइएको छ भने सचिब मणि प्रसाद भण्डारीलाई सदस्यको जिम्मेवारी तोकेको छ।
उपाध्यक्ष मुना थापालाइ पनि सदस्यको जिम्मेवारी तोकेको छ। आज सम्म उहाँहरुले पुर्याउनु भएको सहयोग र निर्वाह गर्नुभएको जिम्मेवारी प्रती धन्यवाद ज्ञापन पनि गरेको छ। बैठक कार्यसमिती अध्यक्ष एन्जिला चौलागाईं को अध्यक्षतामा बसेको थियो।