केराबारी गाउँपालिकाद्वारा ७७ करोड १८लाख ५५ हजार रुपैँया बराबरको बजेट प्रस्तुत

  • प्रकाशित मितिः असार ९, २०८०
  • 453 पटक पढिएको
  • समय अनलाइन

केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाको १२औं गाउँसभामा उपाध्यक्ष मनमाया मगरले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्ययोजना बहुमतले पारित गरेको छ। उपाध्यक्ष मगरले ७७ करोड १८ लाख ५५ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो।

आर्थिक बर्ष २०८०/८१का लागि आन्तरिक आयबाट ३ करोड ५० लाख रुपैँया, संघीय सरकारबाट प्राप्त अनुदान ३३ करोड ६९ लाख ८० हजार रुपैँया, प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड २३ लाख ५४ हजार रुपैँया, राजस्व बाडफाँड तर्फबाट १८ करोड ५१ लाख ५२ हजार रुपैँया अनि बैंक मौज्दात रहेको ५ करोड २२ लाख ६९ हजार रुपैँया अनि लागत सहभागिताको १ लाख रुपैँया र जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड रुपैँया गरेर ७७ करोड १८ लाख ५५ हजार आय गरिने प्रक्षेपण गरिएको छ।

१२औं गाउँसभामा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र रहेका धार्मिक क्षेत्र, सामुदायीक विद्यालय, सामुदायिक वन, पर्यटन स्थल, यातायात तथा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, ऐतिहासिक क्षेत्रका लागि प्रस्तुत बजेट तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

गाउँसभामा गत आर्थिक बर्षको बास्तविक आय व्ययमा कुल ७४ करोड ४७ लाख २ हजार रहेको र व्यय तर्फ जम्मा ५६ करोड २२ लाख २४हजार रुपैयाँ खर्च भएको जनाईएको छ।

बहुबर्षीय र क्रमागत योजना तथा गाउँपालिका स्तरिय योजनाहरु पनि बिनियोजन अनुसुचिमा संलग्न छन्। योजना तर्फ गत आर्थिक बर्षमा सम्झौता भएका १३वटा योजनाहरुमध्ये सबै योजना निर्माण सम्पन्न भईसकेका छन्।

गाउँसभामा दशै वटा वडाका वडाध्यक्ष, वडा सदस्यले नीति तथा कार्ययोजनाका बिषयमा छलफल गरेका थिए। वडाध्यक्षहरुले नीति तथा योजनाहरुको बिषयमा टिप्पणी गरेका थिए। कार्यक्रममा बजेट तथा कार्यक्रममा वडाका सदस्यले आफ्नो धारणा राखेका थिए। 

निति तथा कार्ययोजना बिषयमा गाउँपालिकाका प्रवक्ता एवं कार्यपालिका सदस्य नारायण भुजेलले जवाफ दिनुभयो। बजेट तथा कार्यक्रम उठेका विषयमा उपाध्यक्ष मनमाया मगरले जवाफ दिनुभयो।

गाउँसभाका अध्यक्ष सुमन मिरिङचिङ बजेट पारित गर्नुभयो। बजेट पारित गर्नुअघि अध्यक्ष मिरिङ्गचिङ्गले आर्थिक बर्ष २०८०/८१ श्रमदान बर्षको हुने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका कार्यालयका चारजना कर्मचारीहरुलाई सम्मान गर्दै एकजना कर्मचारीलाई सर्वोकृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved