सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । श्री भीमदल गण धनकुटाले उक्त बाढीले बेपत्ता भएकाको खाेज तथा उद्वारका लागि अरुण तथा तमर नदिकाे किनार तथा बगरमा खाेजी कार्य जारी राखेको छ । भीमदल गण धनकुटाले (self sustain) हुने गरि बिपत व्यवस्थापनका सामाग्रीहरु सहित धनकुटा जिल्लाकाे मुलघाट स्थित शस्त्र बेश क्याम्पमा बेश खडा गरेर तमाेर तथा अरुण नदि आसपासकाे ईलाकामा खाेजि कार्य भईरहेकाे भीमदल गणका गणपति सुमन थापाले जानकारी दिनुभएको छ । खाेजी कार्य अन्तरगत शहिदभूमि गाउँपालिकाकाे त्रिवेणी ,छथरजाेरपाटि गाउपालिकाकाे तेलिया लगायतका क्षेत्रमा निरन्तररुपमा ताप्लेजुङ , पाचथर, संखुवासभाका बाढि पहिरोले बेपत्ता बनाएकाहरुकाे तमर र अरुण नदिले छुने ठाउँकाे बगरमा खाेज तथा उद्वारकार्यका लागि खटिरहेकाे गणपति थापाले बताउनु भयो । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीपहिराेका कारण संखुवासभाको २१जना बेपत्ता भएका थिए ।
<span;>बेपत्ता २१ जनामध्ये सोमबार एक जनाको शव फेला परेको थियो । फेला परेको शवकाे शरीरकाे आधा भाग पनि फेला नपरेकाले पहिचान भएको छैन ” भने अन्य २० जना बेपत्ता रहेकाहरुकाे पहिचान खुलेको छ । बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् ।
बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन् । बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ । धनकुटा जिल्लामा पनि झरी वर्षका कारण आउन सक्ने जुनसुकै समय/ परिस्थितिमा पनि उपलब्ध श्राेत र साधन सहित तुरुन्त फाैज परिचालन हुन सक्ने गरि तयारी अवस्थामा रहेको समेत गणपति थापाले बताउनुभयो
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved