गाउँपालिकाका अध्यक्ष खापुङद्वारा व्यवसायीको स्काभेटर कब्जामा लिएर ५० हजार रुपैयाँ रकम असुल

  • प्रकाशित मितिः श्रावण २८, २०८०
  • 284 पटक पढिएको
  • समय अनलाइन

तेह्रथुम/ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले एक निर्माण व्यवसायीको स्काभेटर कब्जामा लिएर ५० हजार रुपैयाँ रकम असुलेका छन्। अध्यक्ष खापुङ सहितका केही व्यक्तिले गत असार ३०गते एक निर्माण व्यवसायीबाट ५०हजार रुपैयाँ असुलेका हुन्।

तेह्रथुमको खोरङगा खोलामा पुल निर्माण सम्पन्न गरेर फर्कँदै गरेको कुन्सालिङ कन्स्ट्रक्सनको स्काभेटर अध्यक्ष खापुङको निर्देशनमा केही व्यक्तिहरूले मोराहाङ बजारमा कब्जामा लिएका थिए। मोराहाङ बजारको कालोपत्रे बाटोमा स्काभेटर गुडाएको भन्दै उनीहरूले स्काभेटर कब्जामा लिएका हुन्। त्यस क्रममा खापुङले कुन्सालिङबाट ५० हजार रुपैयाँ असुलेका हुन्।

कुन्सालिङका सञ्चालक शोनाम शेर्पाले स्काभेटर नै ध्वस्त पार्ने धम्की आएपछि रकम दिन बाध्य भएको बताएका छन्। शेर्पाले भने– ‘बाध्यात्मक अवस्थामा कालोपत्र बाटोमा स्काभेटर गुडाउनु परेको थियो। हामीबाट पनि गल्ती भएकै हो। तर, उहाँहरुले गुण्डागर्दी शैलीमा स्काभेटर कब्जा गर्नुभयो। पैसा नदिए जे पनि हुनसक्ने भनेपछि ५० हजार पैसा दिएर स्काभेटर ल्याएँ।’

कालोपत्रे बाटोमा स्काभेटर गुडाउदा बाटो भत्कनसक्ने भएपछि कालोपत्रेमा स्काभेटर गुडाउन रोक लगाइएको छ। तर, यस घटनामा भने कालोपत्रेमै स्काभेटर गुडाउनुपर्ने बाध्यता आइलागेको कुन्सालिङका शेर्पा बताउँछन्।

शेर्पाले भने– ‘हामीले पुलको काम सकेका थियौं । त्यसैले मेसिन निकाल्नुपर्ने थियो। बिगतमा ‘लोबेड’ मार्फत स्काभेटर बोक्ने गरिएता पनि जिरिखिम्तिको बाटो बिग्रेका कारण निर्माणस्थलसम्म लोबेड ल्याउन नसकिएकाले कालोपत्रेमै स्काभेटर गुडाउनु परेको थियो। हामीबाट गल्ती भएकै हो। तर, उहाँहरूले धम्की दिएर रकम असुल्नुभयो।’

मुचुल्का र क्षति मूल्याङ्कन छैन
कुन्सालिङको स्काभेटर उड्दा बाटोमा एक ठाउँमा सामान्य कोरिएको बाहेक क्षति भएको छैन तर, कुन्सालिङसँग भने जरिवाना भन्दै ५० हजार रकम असुल गरिएको छ।
कुनै सार्वजनिक संरचनामा कोहीबाट क्षति भएमा मुचुल्का उठाएर प्राविधिकबाट क्षति मूल्यांकन गराएर जरिवाना गराउनुपर्ने हुन्छ तर, अध्यक्ष खापुङले यी दुबै प्रक्रिया नपु¥याई अवैध असुली गरेका हुन्।

नियम कानुनी नै विना ५० हजार असुलेका अध्यक्ष खापुङ भने अवैध असुल गरिएको नभएर कुन्सालिङले काम बिगारेका कारण जरिवाना गरिएको प्रतिकृया दिएका छन् । उनले भने– ‘हामीले कसैबाट केही असुल गरेको छैन। हाम्रो नियम कानुन अनुसार रकम लिएका हौ । कुन्सालिङले हाम्रो पिचमा स्काभेटर गुडाएर क्षति पुर्याएका कारण जरिवाना गरिएको हो।’

व्यक्तिको नाममा पैसा पठाउन लगाइयो
कुन्सालिङलाई कारबाही गर्नेबारे पालिकाबाट केही निर्णय नगराएका अध्यक्ष खापुङले रकम पनि व्यक्तिको खातामा जम्मा गराएका छन्। अध्यक्ष खापुङले कुन्सालिङका सञ्चालक शेर्पालाई थानकुमार लिम्बूको नाममा रहेको कुमारी बैंकको खाता नम्बर २७२०१६९४२४८००००१ मा ५० हजार रकम जम्मा गराएका छन्। शेर्पाले ३० र २० हजार गरेर दुई किस्तामा लिम्बूको खातामा ५० हजार रकम जम्मा गरेका हुन्। अध्यक्ष खापुङको निर्देशनमा शेर्पाबाट रकम लिएका लिम्बू मोराहाङ बजार व्यवस्थापन समितिका अध्यक्ष हुन्।

सार्वजनिक सरकारी काममा हुने कारोबार व्यक्तिको खाताबाट गर्नुलाई अवैध मानिन्छ । सरकारी वा सार्वजनिक संघ संस्थाले संस्थाकै खाताबाट कारोबार गर्नुपर्ने हुन्छ तर, अध्यक्ष खापुङ भने उक्त लेनदेन अवैध नरहेको बताउँछन् । अध्यक्ष खापुङले भने– ‘अरु कुरा जान्दिन । हामीले पैसा लिएकै हो । हामीले बजार व्यवस्थापन समितिको अध्यक्षको खातामा लिएका हौं । व्यक्तिको खातामा लिनु अवैध हुँदैन ।’

पालिकाको खातामा रकम लिन अस्वीकार
रकम नबुझाएसम्म स्काभेटर छोड्न नमानेपछि रकम बुझाउन तयार कुन्सालिङका शेर्पासँग अध्यक्ष खापुङले पालिकाको खातामा रकम लिनसमेत अस्वीकार गरेका थिए।
कुन्सालिङका शेर्पाले भने– ‘गल्ती भएका कारण तोकिएको जरिवाना तिर्न तयार छुुँ। पालिकाको खाता नम्बर पठाइदिनु भनेको थिए तर, अध्यक्षले व्यक्तिको खाताबाहेकबाट अन्य खातामा रकम नलिने भनेपछि स्काभेटरको सुरक्षाका लागि मैले लिम्बूको खातामा रकम जम्मा गरे।’

पैसा लिए पनि मर्मतको शुरु छैन
स्काभेटरले बाटो बिगारेको भन्दै अवैध रुपमा रकम असुलेका अध्यक्ष खापुङ लगायतले अझै बाटो बनाउने सुरसार गरेका छैनन् तर, अध्यक्ष खापुङ भने छिट्टै बाटो मर्म हुने बताउँछन् । हचुवाको भरमा निर्माण व्यवसायीसँग रकम असुल गरेका अध्यक्ष खापुङ बल्ल प्राविधिक मूल्याङ्कन गरेर बाटो मर्मत गरिने प्रतिक्रिया दिन्छन्। कालोपत्रे बाटोमा स्काभेटर गुडाउनु रोक लगाइएको अवस्थामा गुडेको कुन्सालिङको स्काभेटरबाट बाटोको एक ठाउँमा सामान्य धर्सा लागे पनि त्यस्तो ठूलो क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved