इटहरीमा आफ्ना बाबुको मृत्युपश्चात् तीनजना छोरीहरूले दाहसंस्कार गरेका छन् बुवा ह्वाङबहादुर खड्काको सिटी सफारीले ठक्करबाट साउन २५ गते रातको ७ बजे दुर्घटनामा मृत्यु भएको थियो ।
खड्काको मृत्युपश्चात तीन छोरीहरू रमिला, मन्दिरा र इन्दिरा खड्काले दाहसंस्कार गरेका हुन् । मृतकका छोरा नभएको कारण छोरीहरूले नै दागबत्ती दिएका हुन् ।छोरीहरू काजकिरियामा बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै छोरीहरूले नै दागबत्ती दिएको बताएका छन् ।
समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिदैँ इटहरी १७ निवासी तीन छोरीहरूले अहिले काजकिरया गरिरहेका छन् ा
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved