आन्तरिक विशेष अभियान समापन समारोह
मा पाल्नु हुने प्रमुख अतिथि, संघीय अर्थ मन्त्री माननीय डा. प्रकाश शरण महत ज्यू, विशिष्ट अतिथि ने.का. केन्द्रिय सदस्य श्री राजिब ढुंगानाज्यू र मधेश प्रदेश अध्यक्ष एवं भौतिक पूर्वाधार विकास मन्त्री माननीय कृष्णा यादवज्यू, अतिथिगणहरू लगायत नेता कार्यकर्ताहरूलाई हार्दिक स्वागत गर्दछौ । जय नेपाल
आयोजक : नेपाली काँग्रेस जिल्ला कार्य समिति, सिरहा
ग्रेस मधेश प्रदेश
का भौतिक पूर्वाधार विकास मन्त्री थि मा. कृष्ण यादव नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले नेपाली काङ्ग्रेसको १० दिने विशेष अभियानले देश भरका कार्यकर्ताहरुमा पुनर्ताजगी गराएको बताएका छन् ।पार्टीको आन्तरिक विशेष अभियानको समापनका क्रममा सिरहा जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले कांग्रेस मजबुत हुनु भनेको समग्र देश मजबुत हुने दाबी गरे ।कांग्रेस भित्रको विवाद र किचलोका कारण सिरहामा कांग्रेस कमजोर भएकोउनले दाबी गरे ।
पार्टीको चिह्न भन्दा पनि उम्मेदवारको मुख हेर्ने कारण कांग्रेसले सिरहामा हार बेहोर्नु परेको उनको भनाइ छ ।
कांग्रेस भएर कांग्रेसविरुद्ध जानेलाई अब गाउँ गाउँबाट कार्वाही गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
बदलिँदो समयसँगै कांग्रेस आफू पनि बदलिन आवश्यक रहेको ढुंगानाले उल्लेख समग्र जनताका मुद्दामा नेपाली कांग्रेस केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको जिकिर समेत उनले गरे ।
मधेस नेपाली कांग्रेसको आधारभूमि भएका कारण मधेसलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
उनले ठूला ठूला क्रान्तिको नेतृत्व गरेर परिवर्तन आएको भए पनि अझै धेरै काम बाँकी रहेको ढुंगानाले बताए ।
आर्थिक मन्दीका कारण समग्र नेपालीले दुःख पाएको भन्दै अर्थमन्त्रीले यसतर्फ ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved