इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सवारी साधन रोकिएको छ

  • प्रकाशित मितिः भदौ ९, २०८०
  • 257 पटक पढिएको
  • समय अनलाइन

इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सवारी साधन रोकिएको छ ।

प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको जनाएको छ । काठमाडौँसहित, झापाको बिर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङतिरबाट आउने सवारी साधन पनि ठप्प भएका छन् । यस्तै, विराटनगरसहित स्थानीय लोकल बससहित विभिन्न अत्यावश्यक सवारी साधनलाई पनि प्रहरीले तरहराबाटै फर्काएको छ ।

प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका वडा नं. १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको वडा नं. ६ देखि बराहक्षेत्र ३ नडाहातर्फको क्षेत्र, इटहरी २० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान ५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको छ ।

जसकारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन् ।

उता, उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् भने मोरङको केराबारी क्षेत्रबाट आउनेहरू उतै रोकिएका छन् ।

खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते आज हिन्दुवादीहरूले शान्तिपूर्ण ¥याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो ।

तर, शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन् । धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले शउक्त आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले सुनसरी प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा गरेसँगै शान्ति सुरक्षामा कडाई गरिएको बताए ।

‘धरानका सबै वडाहरू र धरान प्रवेश गर्ने सबै सवारी साधनमा रोक लगाइएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘कुनै सभा, सम्मेलन, ¥याली गर्न नपाउने निर्णय भएसँगै हामीले सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारेका छौँ । जसकारण अहिलेसम्म सबैतिरको अवस्था सामान्य छ ।’

 

खासगरी हिन्दु धर्मावलम्बीहरूले बिहान ९ बजे इटहरीमा भेला भएर धरान पुग्ने बुझिएपनि आँफूहरूले समन्वय गरिरहेको उनले बताए ।

एसपी ढकालले भने, ‘सामाजिक सद्भाव नभड्कियोस्, शान्ति सुरक्षा नखलबलियोस् र कुनै सवारीसाधनसहित धनजनको क्षति नहोस् भनेर हामीले सुरक्षा व्यवस्था कडा बनाएका हौँ ।’

धरानमा पछिल्लो समय गोवध प्रकरण र धरान उपमहानगरपालिकास्थित मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे शनिबार (आज) विरोध गरिने कार्यक्रम तय थियो ।

श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved