नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको टामर फंक्शन सेन्टरमा भएको साधारण सभाले आगामी कार्यकालका लागि रबि सिंह बिष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितको अध्यक्षमा रवि सिंह बिष्ट,उपाध्यक्षमा विवेक खनाल, सचिवमा श्रीजा पोख्रेल, कोषाध्यक्षमा पुरुषोतम रिमाल, सह-सचिवमा स्वस्तिक पौडेल र प्रवक्तामा शंकर दाहाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा रोशन श्रेष्ठ, बसन्ता बिष्ट, शेखर श्रेष्ठ, रिया दिवाकर, बिस्णु सुवेदी, सरोज खनाल, राजिव पंथी, राजन श्रेष्ठ र शंकर अधिकारी चयन भएका छन्।
सोसाइटीको नेतृत्व चयनका लागि सन्तोष अधिकारी, मित्र गुरुङ र सपना खत्री सदस्यरहेको निर्वाचन समिति गठन गरिएको थियो।
निवर्तमान अध्यक्ष सन्देश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाइ दिँदै स्वागत गरेका थिए। उनले नर्दन तस्मानियामा रहेको नेपाली समुदायलाई थप उचाइमा पुर्याउन नयाँ कार्यसमितिको योगदान अतुलनिय हुने विश्वस व्यक्त गरेका थिए। उनले सोसाइटीले नर्दन तास्मानियाको नेपाली समुदायको पक्षमा गर्ने हरेका कार्यमा आफ्नो उत्तिकै सहयोग रहने प्रतिवद्धता गरेका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved