इटहरी/ संघीय राजधानी काठमाण्डौस्थित टोखामा रहेको कल्पवृक्ष सेवा समाजले शनिबार चन्द्रागिरी नगरपालिकामा बृक्षरोपण गरेको छ। हरियो वन नेपालको धन स्वास्थ्य जीवनका लागि स्वच्छ वातावरण भन्ने नारासहित समाजले बृक्षरोपण गरेको हो।
कल्पवृक्ष सेवा समाजका अध्यक्ष भिमनाथ गौतमको अध्यक्षतामा भएको पहिलो औपचारिक वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रुपमा चन्द्रागिरि नगरपालिका ७ का अध्यक्ष शम्भु केसि हुनुहुन्थ्यो।
कार्यक्रममा समाजसेवि राजु अधिकारी, गोपि न्यौपाने, कृष्ण राना, मातातिर्थ खानेपानी समितिका अध्यक्ष तथा सम्पुर्णमा पदाधिकारीहरु, समाजसेवि घनश्याम मिश्र, खेम सिवाकोटि, पत्रकार विनोद लामिछानेलगायत रहेको समाजकी सचिव पवित्रा आचार्यले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved