सल्यानमा घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको घर भित्र सुतिरहेको अवस्थामा आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । आगलागी कसरी भयो भन्ने नखुलेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved