मेरा एकजना फेसबुके बन्धुले लेखेछन्, “जोगी, गॅजेडी र depressed जमातको भक्तिमा राजा रमाएका छन्, त्यस्ता मान्छेलाई भेटेर समय खेर नफाली पालिकाको कार्यालय भ्रमण गर” भन्ने आशय फेसबुकमा लेखेछन् ।
मलाई आश्चर्य लाग्यो, के ति विद्वान भाईले भनेझै यी फोटोमा देखिने मान्छेहरू सबै जोगी, गजेडी र depressed जमात हुन् ?
जनताको द्वारमा जानुपर्ने शिर्ष नेताहरू हुन्, तर किन उनीहरू जनता जनार्दनको समिपमा पुग्न सकिरहेका छैनन्, र राजा जनता जनार्दनलाई भरोसा दिन पुगिरहेछन् ? यसको जवाफ कसले दिने ?
ती प्रतिकात्मक भाईले नभने पनि “राजा ज्ञानेन्द्रले भक्तपुरका सर्वोच्च लोकप्रिय नेता नारायणमान विजुक्छेको घरमा तल्लामाथि नै चढेर राजाले उनलाई भेट्नु पर्थ्यो ! उनसॅग भलाकुसारी गर्नु पर्थ्यो” भन्ने मलाई पनि लागेको हो ! परोक्ष रूपले हेर्दा ति अमुक भाईको आशय यही थियो कि ?
राजा महेन्द्र र वीरेन्द्र विंभिन्न मौका छोपेर ठूला परिवर्तनकारी नेताहरूको घर घरमा खबरै नगरीकन पनि चिया खान पुग्थे ! राजा ज्ञानेन्द्रले पनि अब त्यसै गर्नु पर्छ !
भक्तपुरमा सर्वसाधारण जनता जनार्दनको भीड लाग्यो, त्यो भीडमा गणतान्त्रिक पदमा बसिसकेका भ्रष्टाचारी, सुन तश्कर, नेपाली नागरिकलाई भूटानी बनाएर stateless बनाउने लूटेराहरू र तिनका माउथपिस (mouthpiece) हरू जान सकेनन् ? अनि तिनले काखमा बच्चा बोकेका, हाकुपटासी लगाएका महिला, राष्ट्रिय झण्डा बोकेका आबाल युवा, वृद्धहरू सबैलाई जोगी, गॅजेडी र depressed जमात देखेछन् !!
विदेशी झण्डामा पालित पोषित एउटा छुट्टै वर्ग नेपालमा खडा भएको छ ! यिनीहरूले अरू त अरू देशको राष्ट्रिय झण्डा बोक्नेहरूलाई पनि चिन्न छोडेछन् !
भक्तपुरमा आज सिनियर नेता नारायणमान विजुक्छेका समर्थक र पक्षधरले राजाको भीडको आकार बढाइदिएको थियो, तर सत्तामा रहेकाहरू चाहेर पनि भीडलाई सानो बनाउन, त्यसको आकार घटाउन असफल भए ! जनताको सोंचमा आइरहेको परिवर्तनको यो संकेत हो !
अब देश र जनताको खातिर नारायणमान विजुक्छे र राजा ज्ञानेन्द्रको एउटै पाइला र आवाज हुनु पर्छ ! ललितपुर र काठमाडौमा पनि राजा जनतामाझ अब पुग्नु पर्छ !
राजा ज्ञानेन्द्र अब सिंहदरबार र सर्वोच्च अदालत परिसर भित्र मात्र होइन प्रहरी र सेनाको जंगी अड्डामा समेत अब पुग्नुपर्छ । नेपाली कॅाग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राष्ट्रिय तहका पार्टीका कार्यालयहरूमै दशैं, तिहार, छठ र लोसारको शुभकामना दिन सशरिर पुग्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved