सरकार मानवअधिकारको संरक्षणमा प्रतिवद्ध : गृहमन्त्री थापा

  • प्रकाशित मितिः असार २१, २०७५
  • 1297 पटक पढिएको
  • Mausam

सरकार मानवअधिकारको संरक्षणमा प्रतिवद्ध : गृहमन्त्री थापा

 गृहमन्त्री रामबहादुर थापा बादलले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र नेपाल प्रहरी विषयक कार्यक्रममा गृहमन्त्री थापाले संविधानमै मानवअधिकारको संरक्षणबारे उल्लेख भएको बताए ।

 

गृहमन्त्री थापाले नेपाल प्रहरीमा कहिलेकाहीँ मानवअधिकारको प्रत्याभूतिमा कमी भएको प्रश्न उठ्ने गरेको भए पनि प्रहरीले विधि र पद्धतिमा रहेर काम गरिरहेको बताए । अपराधको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो । 

 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी मानअधिकारको पक्षमा दृढ रहेको बताए । प्रहरी अनुसन्धान वस्तुनिष्ठ हुनुपर्ने र त्यसैबाट मानवअधिकारको पनि संरक्षण हुने उनले बताए । उनले भने, “व्यावसायिक निष्ठा, इमान्दारीता र राष्ट्रप्रतिको समर्पण भावले काम गर्ने हो भने मानवअधिकारको सम्मान स्वतः हुन्छ ।”

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved