प्रतिवेदन छताछुल्ल तरिकाले बुझाएकाइटहरी उपमहानगरपालिकामा वृद्धि भएको कर

  • प्रकाशित मितिः आश्विन १७, २०८०
  • 564 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरपालिकामा वृद्धि भएको कर समायोजन र पुनरावलोकन गर्न गठित समितिले समय सीमा भित्र काम गर्न सकेन । भदौ मसान्त भित्र प्रतिवेदन बुझाउने समय सीमा सहित साउन २६ को कार्यपालिका बैठकबाट जिम्मेवारी पाएको समिति निश्प्रभावी बन्यो ।
प्रतिवेदनको प्रारूप समेत तयार नपारेको समितिले भरपुर छलफल र परामर्श समेत गर्न सकेन । काम गर्न नसकेपछि एक साता म्याद थप्ने तयारी रहेपनि कार्यपालिका बैठक बस्न नसकेपछि समय थप हुन पाएन । समय गुज्रिएपछि संयोजक उमेश सुवेदीले मात्र हस्ताक्षर गरेर राजस्व परामर्श समितिका संयोजक तथा उपमेयर सङ्गीता चौधरीलाई प्रतिवेदन बुझाए ।
वडा नम्बर ३ का अध्यक्ष समेत रहेका सुवेदीले प्रतिवेदनमा खास के कुरा उल्लेख गरेको प्रस्ट पारेका छैनन् । समितिले आर्थिक ऐन २०८० को करका दर, सेवा शुल्क र दस्तुरको अध्ययन गरी समायोजन वा पुनरावलोकनको अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको थियो ।

संयोजक सुवेदीको सोही ऐनलाई आंशिक संशोधन गरेर बुझाएका छन् । कहाँकहाँ संशोधन भएको छ भन्ने प्रस्ट पारेका छैनन् । सुवेदीले कुन कुन विषयमा संशोधन गर्न खोजेको भनेर बुझ्न ऐन र प्रतिवेदनलाई तुलना गरेर प्रत्येक बुँदामा अध्ययन गर्नुपर्ने हुन्छ । खास प्रष्टता नभएको प्रतिवेदन छताछुल्ल तरिकाले बुझाएका छन् । सुवेदीले प्रतिवेदन बुझ्न धेरै अध्ययन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

समितिका सदस्य सचिव रहेका राजस्व शाखाका अधिकृतले सन्तोष ढकालले प्रतिवेदन बुझाएको विषयमा आफू जानकार नरहेको बताए । विगतमा बैठक तथा छलफल भएपनि यकिन निष्कर्षमा नपुगिएको उनको भनाइ छ ।
उपमेयर चौधरीले प्रतिवेदन अध्ययन गर्न नपाएको बताइन् । प्रतिवेदनमा खास के कुरा उल्लेख गरिएको हो भन्ने आफू प्रस्ट नभएको उनको भनाई छ । आर्थिक ऐन र प्रतिवेदन एउटै जस्तो देखिएकाले कुनकुन बुँदामा परिवर्तन गरिएको भनेर बुझ्न संयोजकलाई सोध्ने कि आफै खोज्ने भनेर अलमलमा छिन् चौधरी । आगामी कार्यपालिकाका सोही प्रतिवेदन पेश गर्नेगरि उनले तयारी गरेकी छिन् ।

सुवेदीको संयोजकत्वमा गठित समितिमा अन्य वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभात कुमार आचार्य सदस्य रहेका थिए । त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेश प्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको थियो ।समितिले प्रस्ट प्रतिवेदन बुझाउन नसकेपनि स्थानीयले आन्दोलन सुरु गरेका छन् । यसअघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक समाज इटहरी र स्थानीय अभियन्ताले कर विरोधी अभियान सञ्चालन गरेका थिए ।

पछिल्लो समय सम्पूर्ण संस्था तथा दलहरूले आन्दोलन रोकेपछि स्थानीय आफै विरोधमा उत्रिएका छन् । सोही क्रममा मङ्गलवार वडा नम्बर २ को कार्यालयमा तालाबन्दी भएको 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved