इटहरीमा पहिलो पटक कर्पोरेट क्रिकेट फेस्टिभल हुने

  • प्रकाशित मितिः आश्विन १८, २०८०
  • 319 पटक पढिएको
  • समय अनलाइन

इटहरी : व्यवसायीहरू बिच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ इटहरीमा पहिलो पटक कर्पोरेट क्रिकेट फेस्टिभल हुने भएको छ । जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको आयोजनामा ‘पहिलो कर्पोरेट क्रिकेट फेस्टिभल २०८०’ हुन लागेको हो ।

‘खेलकुद सँगै स्वास्थ्य र पर्यटन’ नारा दिइएको फेस्टिभलमा रोटरी क्लब अफ इटहरी युगल सहआयोजक रहेको छ । आरती स्ट्रीप्स प्रालि मुख्य प्रायोजक र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज सह प्रायोजक छन् ।

नेपाल डिभिएम स्कुलको मैदानमा आगामी शुक्रवार र शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने प्रतियोगिताको कुल लागत ६ लाख अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद सहित दुवै टिमले सिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

पछिल्लो समय क्रिकेटमा आम जनताको आकर्षण बढ्दै गएपछि प्रतियोगिता गर्न लागिएको सङ्घका महासचिव सफल पौडेलले बताए । उनका अनुसार फेस्टिभलको संरक्षक इटहरी उपमहानगरपालिकाले छ भने उद्योग वाणिज्य सङ्घ इटहरीले प्रवर्द्धनको जिम्मा लिएको छ । उद्योग वाणिज्य सङ्घ, नेपाल युवा उद्यमी मञ्च सुनसरी लगायत विभिन्न १६ वटा व्यवसायीक संस्थाको सहभागिता रहने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष तेजबहादुर पुरीले विगतमा पनि विभिन्न रचनात्मक कार्यक्रम गरिरहेकाले यस पटक क्रिकेट मार्फत भाइचारा अभिवृद्धि गर्न लागिएको बताए । उनका अनुसार यस अघि परम्परागत खाना महोत्सव, ब्लड डोनेसन लगायत कार्यक्रम भएका थिए । खेलकुदको कारण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमलाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved