पत्रकार गञ्जबहादुर र घनश्यामलाई अपहरण गर्ने ‘धम्की’ सहकारीको कार्यलयमा बनाइयो

  • प्रकाशित मितिः आश्विन १९, २०८०
  • 223 पटक पढिएको
  • समय अनलाइन

फाल्गुनन्द सहकारी संस्थाको समाचारको विषयलाई लिएर संस्थाका अध्यक्ष संकल्प लिङ्देनले नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वसन्देश दैनिकका प्रधानसम्पादक गञ्जबहादुर दाहाल र सम्वाददाता तथा महासंघ मोरङ शाखाका सदस्य घनश्याम भण्डारीलाई पटक–पटक जे पनि गरिदिने धम्की दिएका हुन्।

असोज १३ गते पूर्वसन्देश दैनिकमा पत्रकार भण्डारीले लेखेको बचतकर्ताको रकम गायब शीर्षकको समाचारलाई लिएर लिङ्देनले पत्रकारद्वयलाई धम्की दिएका थिए। प्रधानसम्पादक दाहाललाई सहकारीको दमकस्थित कार्यालयमा बोलाएर करिब २० मिनेट बन्धक बनाई मानसिक तनाब र धम्की दिएका लिङ्देनले फोन र म्यासेजमार्फत पनि दाहाल तथा भण्डारीलाई बारम्बार धम्की दिएको पाइएको छ। पत्रकार घनश्याम भण्डारीले समाचारको विषयलाई लिएर फसाउने र अपहरण गर्नेसम्मको धम्की दिएको बताए। उनले सुरक्षाको चिन्ता भएको भन्दै प्रशासन समक्ष जानकारी गराएका छन्।

यसैबीच पत्रकारलाई दिइएको धम्की र बन्धक बनाइएको विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, नेपाल पत्रकार महासंघ झापा, किराँत राई पत्रकार संघ मोरङलगायतका पत्रकारजन्य संघसंस्थाले छुट्टाछट्टै विज्ञप्ति निकाल्दै घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘समाचारमा चित्त नबुझेमा कानूनी रूपमा अघि बढ्ने बाटो हुँदाहुँदै पत्रकारमाथि धम्की र मानसिक यातना दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी आपराधिक कार्य हो। महासंघ यस्तो हर्कतको निन्दा र भत्सना गर्दछ। समाचारको विषयलाई लिएर फसाउने र अपहरण गर्नेसम्मको धम्की दिएको घटनाले पत्रकार दाहाल र भण्डारीको सुरक्षामा पनि चुनौति देखिएको छ।’

महासंघले पटक–पटक पत्रकारलाई धम्की र मानसिक तनाब दिएका लिङ्देनलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै पत्रकारद्वयको सुरक्षामा ध्यान दिन सरकार तथा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ।

सहकारीको समाचार के थियो?

उर्लाबारीका सञ्जय बाहेती आफूले जम्मा गरेको पैसा झिक्न उर्लाबारी– ७ बरगाछीस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र पुगे। बाहेतीको खातामा रहेको पैसा उनको  खातामा थिएन। त्यसपछि बाहेती कानुन उपचारको खोजीमा लागे।

बिहीबार बाहेती पुनः कार्यालय पुगेर स्टेटमेन्ट मागे। स्टेटमेन्टमा झुमा लिम्बूले ३ हजार ९ सय रुपैयाँ जम्मा गरिदिएको भेटियो। त्यसपछि बाहेती परिवारका नाममा रहेको सबै खाता परीक्षण गर्दा कुनै खातामा पनि नगद तुरुस्त भेटिएन। बाहेती परिवारले तीन वटा खातामा दैनिक बचत गर्दै आएको जनाएको छ।

सञ्जय बाहेतीले भने दैनिक बचत परिचालकले फटाइ गरेको भन्दै उनलाई पक्राउ गरेर कारबाही थाल्ने आश्वासन सहकारीका ब्यवस्थापक दिलिप सुब्बाले दिए। तर, २४ र २५ करोडको कारोबार गर्ने सहकारीले एक जना दैनिक परिचालकलाई कारबाही गरेर संस्था उम्कन नमिल्ने भनेपछि बिहीबार कानुनी प्रक्रिया अघि बढेन। सहकारीले भुक्तान पूर्जा जारी गरेको छ। तर, हस्ताक्षर क्लियर नगरिकन पैसा भुक्तान दिने गरेको सदस्यहरू बताउँछन्।

सफ्टवेयरबाट हिसाब राखिएको भए पनि सफ्टवेयर प्रयोगमा नआएको पीडितहरूको भनाइ छ। कार्यालयमा सिसिटिभी राख्ने, एसी जडान गर्ने तर सफ्टवेयर प्रयोग गर्न नजान्ने कर्मचारी राख्दा हिसाब गोलमाल भइरहेको शेयर सदस्यहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved