प्रदेश ४ को सरकारले पर्यटकको तथ्यांक राख्ने तयारी थालेको छ।
आगामी आर्थिक वर्ष साउनदेखि प्रदेश भित्रने विभिन्न नाका र विमानस्थलबाट भित्रिने आन्तरिक तथा विदेशी पर्यटकको तथ्यांक राख्ने भएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जुद्ध गुरुङको संयोजकत्वमा बनाएको कार्यदलले दिएको सुझावका आधारमा तथ्यांक राख्ने तयारी गरेको हो।
प्रदेश ४ मा आउने पर्यटकहरूको मुग्लिङ पुल नजिकै आँबुखैरेनी, स्याङ्जाको राम्दी, कोरला, आरुघाट, मनकामना केबुलकार र पोखरा विमानस्थलमा प्रहरीमार्फत् तथ्यांक संकलन गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए।
उनले यस प्रदेशमा आउने पर्यटकको तथ्यांक संकलन नहुँदा वर्षमा के कति पर्यटक आए भन्ने यकिन नभएकाले तथ्यांक संकलन गर्न लागेको मन्त्री लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved