संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।
एक बजे बस्ने भनिएको सदन भर्खरै सुरु भएको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।  कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४० रहेको छ ।  यसअघि विश्वासको मत दिँदै आएको राप्रपा पनि तटस्थ बस्ने जनाएको छ  ।
प्रदेशसभामा काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।