यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएकाे पुष्टी भएको छ। 

  • प्रकाशित मितिः आश्विन २२, २०८०
  • 232 पटक पढिएको
  • समय अनलाइन

नेपाली समय अनुसार शनिबार विहान करिब साढे ६ बजे भएको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।
यस्तै, पञ्चनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी, भजनी–४ कैलालीका वीरेन्द्र चौधरी, शारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रविण डाँगी, टीकापुर–९ कैलालीका धनबहादुर चौधरी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन।

यस्तै, भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपीन जोशी बेपत्ता छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रममार्फत् इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।

कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो। शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ। 

‘कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायलमा सन् २०२३ मा ११३ र सन् २०२२ मा ६ जना गरि १ सय १९ जना विद्यार्थी गएका छन्। हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुसल रहेको जानकारी मिलेको छ,’ रजिष्ट्रार शारदा थपलियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved