लाइसेन्स नलिई वाकीटकी बिक्री वितरण नगर्न आग्रह गरेको छ

  • प्रकाशित मितिः आश्विन २३, २०८०
  • 218 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले लाइसेन्स नलिई वाकीटकी बिक्री वितरण नगर्न आग्रह गरेको छ । पछिल्लो समय लाइसेन्स नलिई यसको प्रयोग बढेको भन्दै विभागले कारबाहीको चेतावनी समेत दिएको छ ।  

“नेपालमा वाकीटकीलगायत रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्न रेडियो ऐन २०१४ तथा रेडियो (सञ्चार) लाइसेन्स नियमावली २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ,” विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “हाल विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत विज्ञापन समेत गरी लाइसेन्स लिएर आयात, बिक्री/वितरण तथा प्रयोग गर्नुपर्ने वाकीटकीलगायत रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको भन्ने विषयमा यस सूचना तथा प्रसारण विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।”

विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकीलगायत रेडियो उपकरणहरू आयात बिक्री/वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ । “त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरूमार्फत विज्ञापनसमेत नगर्न/नगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुनेसमेत जानकारी गराइन्छ,” विभागले भनेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved