प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन्।

  • प्रकाशित मितिः कार्तिक १, २०८०
  • 239 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन्।

बुधबार ११ बजेका लागी बोलाइएको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। संविधान विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ। तर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

सरकार गठनको अन्तिम विकल्प अर्थात संविधानको धारा १६८ उपधारा ५ अनुसार कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्ति भएका थिए। सरकार गठनको क्रममा आफ्नै पार्टी तथा केन्द्रिय सत्तारुढ गठबन्धनमा विद्रोह गरेका कार्कीलाई सत्तारुढ गठबन्धनले विश्वासको मत भने दिने भएको छ। केन्द्रीय सत्ता गठबन्धन टिकाउन काङ्ग्रेस इतर समुहका शेखर कोइरालाले समेत सहमती जनाएपछि सत्ता गठबन्धन कार्कीलाई मुख्यमन्त्री मानेर अघि बढ्न्व भएको हो।

एमालेसहित सत्ता गठबन्धन समेत कार्की नेतृत्वको सरकारप्रती सकारात्मक भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ। राप्रपाले मात्र तत्काल तटस्थ बस्ने निर्णय गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ३९ जना सांसद रहेको एमाले, २९ मत भएको काँग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार देखिन्छन्।

मतदानसम्म यही राजनीतिक अवस्था अवस्था रहेमा रहेमा राप्रपाको ६ सिट संख्या र उपसभामुखको १ संख्या बाहेक मत ल्याउने देखिन्छ। गठबन्धनमै रहेको जसपाले के गर्ने टुंगो गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved