बिहारमा एक नेपाली युवकको गोली हानी हत्या

  • प्रकाशित मितिः कार्तिक १, २०८०
  • 279 पटक पढिएको
  • समय अनलाइन

भारत बिहारस्थित रामगढवा बजारमा रौतहटको सदरमुकाम गौरका एक युवकको गोली हानी हत्या गरिएको छ ।वीरगञ्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुल सडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

रमगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ । भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेर भाग्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चार जनाको समूहमा आएका लुटेरा समूहले सिंहमाथि गोली प्रहार गरेको थियो । उक्त समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थल बाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मंगलवार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved