पत्रकारको शुभकामना आदानप्रदानमा प्रशासकद्वारा ‘पत्रुका

  • प्रकाशित मितिः कार्तिक २, २०८०
  • 290 पटक पढिएको
  • समय अनलाइन

जिल्लाका पत्रकार तथा तिनका परिवारलाई दसैँको शुभकामना दिने क्रममा प्रमुख आमन्त्रित पाण्डेले भनिन्, ‘पत्रकारिता र पत्रुकारितामा फरक छ ।’

यद्यपि उनले पत्रकारिता र पत्रुकारितामा फरक के छ, कसले पत्रकारिता गरिरहेको छ र कसले पत्रुकारिता ? भन्ने व्याख्या गरिनन् । उनको आशय केही व्यक्तिले पत्रकारिता आवरणमा पूर्वाग्रही र असन्तुलित सामग्री सम्प्रेषण गर्ने गरेको र उनी पनि त्यसबाट पीडित रहेको भन्ने बुझिन्थ्यो ।

मन्तव्यका क्रममा प्रजिअ पाण्डेले पूर्वको पत्रकारिता तथा साहित्य लेखनको भाषा प्रयोगको प्रशंसा पनि गरेकी थिइन् । सुनसरी, मोरङ, झापा, इलामलगायत जिल्लाका पत्रकारले प्रयोग गर्ने भाषा स्तरीय र शुद्ध हुने गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘पूर्वको त्यो पहिचान कायम राख्न आग्रह छ ।’

कार्यक्रममा पूर्वअध्यक्षद्वय कृष्णविनोद लम्साल र कृष्ण अधिकारीले आफ्ना प्रारम्भिक अनुभवहरू जोड्दै प्रविधि र पहुँच जति विस्तार भए पनि पत्रकारको अवस्था परिवर्तन नभएको, पत्रकारिता कर्म अझै अप्ठेरो अवस्थामा रहेको बताएका थिए ।

स्थानीय स्तरमा विज्ञापनको अथाह स्रोत छ तर पत्रकार भोकै छन् । कमिसनको जालोले पत्रकारिता प्रभावित छ ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईले समय परिवर्तन भए पनि अधिकतर पत्रकारको पत्रकारिता गर्ने शैली परिवर्तन नभएको, स्थानीय मुद्दाहरू उठाउन नसकेको गुनासो गरे । ‘मल्टिमिडियाको जमाना छ तर हामी पुरानै पाराको पत्रकारिता गरिरहेका छौँ,‘ राईले भने, ‘पत्रकार भनेर आसन ग्रहण गर्दा लाज हुने अवस्था नआओस् ।’

न्यूनतम् पारिश्रमिक निर्धारण समिति सदस्य श्रीशिशा राईले नेपालमा भएका ऐनहरूमध्ये श्रमजीवी पत्रकार ऐन सबैभन्दा व्यावहारिक रहेको तर कार्यान्वयन पक्ष पनि सबैभन्दा फितलो रहेको विडम्बनापूर्ण स्थितिबारे चर्चा गरेका थिए ।

उपाध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकारहरू सुभद्रा प्याकुरेल, सञ्जीव वाग्ले, सुमन पुरी, पिबी दियाली, राजन केडीलगायतले पत्रकारको पेसागत सुरक्षाको सवालमा गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

वक्ताहरूका अनुसार सूचना र सुरक्षामा पत्रकारहरूको पहुँचको अवस्था खस्किँदो छ । स्थानीय स्तरमा विज्ञापनको अथाह स्रोत छ तर पत्रकार भोकै छन् । कमिसनको जालोले पत्रकारिता प्रभावित छ । एकद्वार र समानुपातिक विज्ञापन नीति लागू गराउन पत्रकार महासङ्घले पहल गरोस् । चाडपर्वको शुभकामना दिएर मात्र हुँदैन, सांस्कृतिक महत्त्वका सूचना–सामग्रीको सङ्ख्या पनि बढाउनुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved