प्रहरी उपरीक्षक भीम दाहाल ११ दिनदेखि हिरासतमा

  • प्रकाशित मितिः मंसिर ६, २०८०
  • 161 पटक पढिएको
  • समय अनलाइन

इटहरी /नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल ११ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।दुर्घटनामा परेको गाडी एसपी दाहालले चलाएका थिए । दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका थिए । मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भीर घाइते भएका थिए । मडीलाई अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनाको कारण तिब्र गति रहेको प्रहरीले बताएको छ । दुवै सवारी लापरवाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको प्रहरी स्रोतको दाबी छ ।
घटना लगत्तै दाहाललाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको थियो । उनीमाथि दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रिजालले बताए ।
साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved