काठमाडौँ- सञ्चारकर्मी भूषण दाहालले एपीवान टेलिभिजनले व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप लगा
बुधबार सामाजिक सञ्जालमा जानकारी गराउँदै सञ्चारकर्मीले दाहालले आफूले लिएको व्यवसायी दुर्गा प्रसाईँको अन्तर्वार्ता टेलिभिजन व्यवस्थापनले सुन्दै नसुनी प्रसारण गर्न नदिएको आरोप लगाएका हुन्।
भूषण दाहालले एपीवान टेलिभिजनमा ब्राभो डेल्टा सो चलाउँदै आएका छन्।
उनले ट्विट गरेका छन्- वाह! लोकतत्र ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
उनले आफ्नो कार्यक्रम युट्युबमा राखिने जानकारी पनि गराएका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved