उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।
मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र१ ०५००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिन्नद चौधरीले बताए।
प्रनाउ चौधरीले थप विवरण संकलन भइरहेकाले हालसम्म एकजनाको मात्र मृत्यु पुष्टि भएको बताउँदै भने, ‘बस के कति कारणले दुर्घटना भयो? त्यसको अनुसन्धान सुरु भएको छ।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved