गौरादह दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्

  • प्रकाशित मितिः मंसिर १२, २०८०
  • 205 पटक पढिएको
  • जीवन फुयाँल

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो।

दुर्घटनामा परी घाईते भएका सिटीमा सवार गौरादह- ३ की ५५ बर्षीया रामा नेपाल र गौरादह- ४ की ४४ बर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भई रहेको छ भने पिकअप चालक गौरीगंज – ८ का २६ बर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । सिटिमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका लागि निम्स अस्पताल दमक लगिएको जनाइएको छ।

अन्दाजी दिउँसो १२ बजेको समयमा गौरादह डिपु चोकबाट यात्रीहरुलाई गौरादह ३ बरगाछी तर्फ लाँदै गर्दा पानी कम्पनी बेलाको गाडीले पछाडीबाट ठक्कर दिँदा सफारी चालक गौरादह वडा नं.२ भोजपुरे टोल निवासी रघुनाथ काफ्लेको निधन भएको गौरादह वडा नं.२ का वडा सदस्य शंकर कट्टेलले बताए ।

गौ नपा ५३ नम्बरको सिटी र पिकअप अस्थायी नम्बर २५३ आपसमा ठोकिएकाे गौरादह ट्राफिक प्रमुख लक्ष्मी ओझाले जानकारी दिए । घटनाको बारेमा थप बिवरण आउन बाकी रहेको प्रहरीले बताएको छ । हाल घट्ना स्थल मुचुल्का उठाई थप अनुसन्धान प्रक्रिया अघि बढिसकेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved