कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदै, सभापति देउवाले सम्मेलनको उदघाटन गर्ने

  • प्रकाशित मितिः पुष ५, २०८०
  • 370 पटक पढिएको
  • जीवन फुयाल

मधेश प्रदेश/    नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन बिहिबारदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन बिहिाबर र शुक्रबार दुई दिन चल्ने छ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उदघाटन गर्ने छन् । बन्दसत्र भने महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने छ ।बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने नेपाली कांग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुने छ ।

प्रदेश सम्मेलनभन्दा अगाडि वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन तथा यही पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।

यसैगरी बागमतीको सम्मेलन पुस ७ गते र कोशीको पुस ९ गते हुने नेपाली कांग्रेसले जनाएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved