मेयर हर्क साम्पाङको कार्य अमर्यादित, नैतिकता माथि प्रश्न : उपमेयर आईन्द्र विक्रम बेघा

  • प्रकाशित मितिः पुष १२, २०८०
  • 179 पटक पढिएको
  • समय अनलाइन

इटहरी /धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुलुकका प्रमुख अभिभावक राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर गणतान्त्रिक राज्यको अवमूल्यन गरेको उपमेयर आइन्द्रबिक्रम बेघाले बताएका छन् ।
मेयर साम्पाङले उपमहानगरपालिकाको मेयरको कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो लगाएको घटना अमर्यादित र नैतिकतामा प्रश्न उठ्ने कार्य भएको उपमेयर बेघाले बताएका हुन ।
 किराँती राजा यलम्बर ऐतिहासिक व्यक्तित्व भएकोले सम्मानसाथ फोटो राख्दा केही नबिग्रने बताउँदै उनले भने ‘मेयर साबले यलम्बरको फोटो राख्नुमा कुनै आपत्ति नभएको तर प्रतिसोध राखेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउनु गलत हो ।’

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले भने फोटो हटाएको विषयमा आफूलाई केही जानकारी नभएको बताउँदै भने ‘हटाइएको भए कानुनी राज्यमा नियम विधि विपरीत गैरकानुनी हर्कत हुन्छ ।’

उपमेयर बेघाले नैतिकता र मर्यादा बिर्सेपछी जे गर्दा पनि हुन्छ भन्ने व्यवहार भएको बताउँदै भने ‘यस्तो कार्यलाई अराजकताको पराकाष्ठा मान्न सकिने, गणतान्त्रिक मुलुकमा स्वतन्त्रता छ भन्दैमा जे पनि गर्न पाइँदैन ।’
बुधवार बेलुका मेयर साम्पाङ राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर ‘यलम्बर’ फोटो राख्छु भन्ने स्ट्याटसको जवाफमा उपमेयर बेघाले ‘स्वतन्त्रता र अराजकता दुई फरक बिषय बस्तु भएको’ भनी मेयर साम्पाङलाई खबरदारी गरेका थिए  उनले स्थानीय तह भन्दा माथि प्रदेश, सङ्घीय सरकार रहेको बताउँदै प्रदेश र सङ्घीय सरकारको नीति नियमलाई स्थानीय सरकार उपमहानगरपालिकाले सम्मान र कार्यान्वयन गर्नु पर्ने बताए । उनले भने ‘प्रदेश र सङ्घीय सरकारले पठाए बजेटलाई कार्यान्वयन गर्ने अझ बजेटको माग गर्ने तर सम्माननीय तहको पदमा रहेका व्यक्तिको अपमान गर्दै नमान्ने भन्ने कुरा हुँदैन ।’
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको बारेमा मेयर सम्पाङसंग बुझ्न गएका सञ्चारकर्मीहरूले उनलाई कार्यालयमा नभेटेपछि उपमेयर बेघासँग घट्नाबारे प्रश्न गर्दा उक्त प्रतिक्रिया दिएका हुन ।
मेयर साम्पाङसँग भेट नभएपछि कार्यकक्षको फोटो खिच्न जाँदा समेत सचिवालयका कर्मचारीले  सञ्चारकर्मीलाई ‘मेयर साबले खिच्न नदिनु’ भन्ने निर्देशन दिएको भन्दै फोटो समेत खिच्न दिइएन 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved